४ कार्तिक २०७८, बिहीबार
सुदूरपश्चिम महोत्सव सुरु, पूर्व मन्त्री रावललाई सात बुँदे माग पेश
आईतवार, मंसिर २२ १८:०२

सुदूरपश्चिम महोत्सव सुरु, पूर्व मन्त्री रावललाई सात बुँदे माग पेश


धनगढी,
सुदूरपश्चिम महोत्सव आज देखि धनगढीमा सुरु भएको छ। कैलाली उद्योग वाणिज्य संघले विगत १३ वर्षदेखि आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सवको नेकपा सुदूरपश्चिमका इन्चार्ज समेत रहेका पूर्व उपप्रधान तथा रक्षा मन्त्री भीम रावलले उद्घाटन गर्नुभयो ।



महोत्सव उद्घाट समारोहका प्रमुख अतिथि समेत रहेका रावललाई आयोजक कैलाली उद्योग वाणिज्य संघले सात किलोको माला लगाउदै सात बुँदे माग समेत पेश गरेको छ। महोत्सवको उद्धघाटन गर्दै पूर्व उपप्रधानमन्त्री रावलले मागपुरा गर्न सक्दो पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।



महोत्सव आउँदो पुष २ गते सम्म संञ्चालन हुने आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताउनुभयो । महोत्सवको माध्यमबाट सुदूरपश्चिम प्रदेशमा आर्थिक समृद्धी ल्याउन पहल हुने उहाँले बताउनुभयो ।



उद्योग वाणिज्य संघले महोत्सव प्रदर्शनी स्थल निर्माण गर्नुपर्ने, सेती प्रादेशिक अस्पताललाई क्षेत्रिय अस्पतालको रुपमा विकास गरिनुपर्ने,धनगढीको गेटा विमानस्थललाई क्षेत्रिय विमानस्थलको रुपमा विकास गर्दै वैकल्पीक अन्र्तराष्टी«य विमानस्थलको रुपमा विकास गर्नुपर्ने लगायतका सात बुँदे माग रावलसँग राखेको छ ।

Sharing is caring!

गैरीगंगामा हिंसानिगरानी समुह गठन, संयोजकमा हेमन्त जोशी
आईतवार, मंसिर २२ १८:०२
बझाङमा भयो मागी विवाह दलित र गैर दलित बिच
आईतवार, मंसिर २२ १८:०२
shares