१८ बैशाख २०८३, शुक्रबार
डोटेली भाषामा निर्माण भईरहेको ‘नन्दी’ को पहिलो पोस्टर सार्वजनिक । पुस पन्ध्र  ट्रेलर  सार्वजनिक हुने
आईतवार, पुष १३ १८:१६

डोटेली भाषामा निर्माण भईरहेको ‘नन्दी’ को पहिलो पोस्टर सार्वजनिक । पुस पन्ध्र ट्रेलर सार्वजनिक हुने

धनगढी,सिएस फिल्मस् प्रा.लीको ब्यानरमा डोटेली भाषामा निर्माण भईरहेको ‘नन्दी’ को छायाँकन सम्पन्न गरी हाल ‘नन्दी’ फिल्मको कार्य सम्पादन भईरहेको हो । यसै बिच ‘नन्दी’ फिल्मको पोस्टर सार्वजनिक गरिएको हो । सुदुरपश्चिमका बिभिन्न पर्यटकिय स्थानहरुमा सुटिङ गरिएको सो चलचित्रमा चारवटा गित समावेश गरिएका छन ।सो फिल्ममा कथा, निर्माता तथा नायक विनोद बोहरा ‘बोगटानी किङ”रहेको छ भने निर्देशन बाबु थिङ दृन्द, राजु किँराती,संगित भिम बिसी,नृत्य जनक कुवँर,छायाँकन साहिल चौधरी,कार्यकारी निर्माता राज पाठक र सम्पादन सतिश सिन्हाले गरेका छन ।

सिएस फिल्मस् प्रा.ली ‘नन्दी’ फिल्मको कार्य सम्पादन हुदै

चलचित्रमा कलाकारहरु विनोद बोहरा ‘बोगटानी (किङ) एलिषा चाड मनिषा चाड, यादव गिरी, नरेन्द्र खड्का,सौगात ओझा, सुरेन्द्र सङ्गम ,प्रेम विवश चन्द लगायतका कलाकारहरुले अभिनय गरेका छन । पुस पन्ध्र गते ‘नन्दी’ को ट्रेलर युटुब मार्फत सार्वजनिक हुने र फागुन अन्तीम तिर ‘नन्दी’ फिल्म प्रर्दशनमा आउने तयारी गरिरहेको निर्माता तथा नायक विनोद बोहरा ‘बोगटानी (किङ)ले बताए ।

Sharing is caring!

Latest News

निर्मला पन्तको विषयमा निर्मित चलचित्र ‘कोपिला’को ट्रेलर सार्वजनिक
आईतवार, पुष १३ १८:१६
गौरीगंगामामानवअधिकार संरक्षणका लागी सचेतनाकार्यक्रम
आईतवार, पुष १३ १८:१६