( नाट्टा)को अध्यक्षमा अच्युत गुरागाई निर्वाचित
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स ( नाट्टा)को अध्यक्षमा अच्युत गुरागाई निर्वाचित भएका छन् । नाटाको नेतृत्वको लागि शुक्रबार भएको मतदानबाट गुरागाई अध्यक्षमा निर्वाचित भएका हुन् ।
आफ्ना प्रतिस्पर्धी भिम प्रसाद पन्त र निहीका शाहलाई पराजित गर्दै उनी अध्यक्षमा विजयी भएका हुन् । यस्तै नाट्टाको वरिष्ठ उपाध्यक्षमा विनय बस्ननेेत, उपाध्यक्षमा थाेेपा थापा, महासचिवमा सुुुुुधिर कुमार उपाध्याय, सचिवमा जिस्वा तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा कुमार मणि थपलिया र सहकोषाध्यक्षमा यूविका भण्डारी निर्वाचित भएका छन् ।
यस्तै सदस्ययहरुमा लक्ष्मी कार्की अधिकारी, गीता ढकाल, सुवर्ण श्रेष्ठ, हरि कुमार श्रेष्ठ, विष्णु कार्की, डेण्डी शेर्पा, राज कुमार देवकोटा र भरत जंग पाण्डे निर्वाचित भएका छन् ।

निर्वाचनमा कुल ४ सय ५ मत खसेका थिए

निर्वाचित अध्यक्ष गुरागाईले विकासन्यूजसँग कुरा गर्दैै निर्वाचनमा पार्टीगत रुपले राजनीति गर्ने नभइ पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने टिमले जित हासिल गरेको बताए ।


उनले अाफूले चुनावमा गरेका प्रतिवद्धताहरु कार्यान्वयन गर्ने बताए । निर्वाचित पदाधिकारी तथा सदस्यहरू फरक समूहबाट निर्वाचित भए पनि उनीहरू व्यवसायिक रूपमा अाफ्ना जिक्रीहरू भएको उनले बताए ।
