बुधबार, फाल्गुन ७ १०:५२
धनगढी महोत्सव २०७६ सुप कला प्रतिष्ठान द्वरा बहिस्कार
धनगढी उप महानगरपालिका वडा नम्वर ७मा बेलीमा सञ्चालन भैरहेको प्रथम धनगढी महोत्सव २०७६लाई सुप कला प्रतिष्ठानले बाहिस्कार गरेका हो ।
धनगढीको नामले पैसा असुल्ने तर धनगढीकै स्थायी संस्था र कलाकारहरुलाई उचित सम्मान नगरिएको प्रति सुप कला प्रतिष्ठान गम्भीर ध्यानाकर्षण भएको छ ।

विभिन्न सम्बन्धित निकायहरुलाई ज्ञापन पत्र बुझाईनुका साथै महोत्सव बहिस्कार गरिएको घोषणा गरेका छन । राष्ट्रिय कलाकारलाई पैसा दिइरहदा यस क्षेत्रका स्थानियाई पैसा छैन भन्ने जस्ता शब्द प्रयोग गर्ने गरिएको हुदाँ बाहिस्कार गरेको छ। सम्पूर्ण कलाकारहरुलाई पनि समावेश नहुन संस्थाले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएका छन ।
