बुधबार, बैशाख १० ०९:४७
उदयपुर मा कोरोना भाइरस संक्रमितको संख्या २४ पुगेपछि उदयपुर जिल्लाका नाकाहरु शिल।
बैशाख १०धनगढी ।उदयपुर मा कोरोना भाइरस संक्रमितको संख्या २४ पुगेपछि उदयपुर जिल्लाका नाकाहरु बन्द गर्ने सरकार ले निर्णय लिएको छ। जिल्ला कोरोना संक्रमणको हटस्पट भए पछि अन्य जिल्लामा संक्रमण फैलन नदिन प्रदेश १ सरकारले जिल्लालाई सिल गर्ने निर्णय गरेको हो ।
जिल्ला को त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा बसेका भारतिय नागरिक कोरोनाभाइरस संक्रमणको पुष्टि भएको जनाएको छ । नेपाली सेनाको सहयोगमा मस्जिद वरपर रहेको बस्तीमा थ्रोट स्वाबको नमुना संकलन गरी परीक्षण भइरहेको जनाइएको छ l
प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले लकडाउन सुरु भए देखि नै जिल्ला सिल जस्तै अवस्थामा रहेको बताउँदै संक्रमित भेटिएपछि यसमा थप निगरानी बढाइएको बताउनुभयो। संक्रमित भेटिएको गाउँ र आसपासका क्षेत्रलाई यसअघि नै सिल गरिएको पनि उहाँले जानकारी दिनुभयो।
