१९ बैशाख २०८३, शनिबार
आजको राशिफल
बुधबार, बैशाख १७ ०९:०५

आजको राशिफल

राशिफल बैसाख १७, २०७७ – २९ अप्रिल
२०२०, बुधवार
मेष– आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक,
कानुनी वा प्रतियोगितात्मक
क्रियाकलापमा विजय प्राप्त हुनेछ ।
वृष– हाँसखेल र मनोरञ्जनपूर्ण समय छ ।
पारिवारिक सुख मिल्नुका साथै अध्ययन—
अध्यापनको क्षेत्रमा प्रगति होला ।
मिथुन– दुर्गमस्थान र टाढाको यात्रा
सम्भावना छ तर अनावश्यक यात्राबाट
जोगिनु राम्रो हुन्छ ।
कर्कट– दोधारको अवस्था सिर्जना हुनसक्छ ।
पारिवारिक सहयोग प्राप्त हुनेछ । पुरानो
रोगले पनि सताउन सक्छ ।
सिंह– कल्पना र भावनामा केन्दित भइने छ ।
बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई
नियन्त्रणमा राख्नुहोला ।
कन्या– बौद्धिक प्रतिस्पर्धामा विजयी
भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ ।
वितादि लाभ पनि प्राप्त होला ।
तुला– पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो
लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति
हुनेछ ।
वृश्चिक– मेहनतले जीवनशैलीमा परिवर्तन
ल्याउन सक्छ । बौद्धिक जमातलाई आकर्षित
गर्ने काम सम्पादन गर्न सकिनेछ ।
धनु– जटिल काम सम्पादन हुनाले पराक्रम र
उत्साह बढ्नेछ। व्यापारमा विशेष फाइदा
उठाउन सकिनेछ ।
मकर– ठूलाबडाको आशीर्वादले रोकिएको काम
बन्नसक्छ । विभिन्न उपहार प्राप्त हुने समय
छ ।
कुम्भ– शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ
। स्वास्थ्य सबल रहनेछ र काममा पनि
फाइदाको योग छ ।
मीन– सामाजिक क्षेत्रमा नेतृत्व हातलागी
हुनेछ। कामले धेरैको मन लोभ्याउन सकिनेछ ।
विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।

Sharing is caring!

Latest News

महाकाली नदि बाट उद्दार गरिएकी महिलाको उपचारका क्रम मा कोहलपुरमा ज्यान गयो
बुधबार, बैशाख १७ ०९:०५
कपिलवस्तुमा वडाध्यक्षमाथि गो’ली प्र’हार।
बुधबार, बैशाख १७ ०९:०५