१४ बैशाख २०८१, शुक्रबार
भारतीय दुधुवा नेशनल पार्कमा एकजना नेपाली नागरिकको हत्या
बिहीबार, मंसिर ४ १७:३९

भारतीय दुधुवा नेशनल पार्कमा एकजना नेपाली नागरिकको हत्या

कञ्चनपुर, ४ मंसिर । कञ्चनपुरसंग सीमा जोडिएको भारतीय दुधुवा नेशनल पार्कमा एकजना नेपाली नागरिकको हत्या भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ७ उदरी बस्ने ३५ वर्षीय शिवलाल रानाको बिहिबार हत्या भएको बताइएको छ । बुधबार घरबाट निस्केका रानाको छातीमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । मृतक रानाका आफन्तले उनीमाथि गोली प्रहार भएको बताएपनि प्रहरीले भने यसलाई पुष्टि गरिसकेको छैन । घटना भएको थाहा पाएपछि नेपाल र भारत दुवै तर्फका सुरक्षाकर्मी घटना स्थलमा पुगी घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताउनुभयो ।

Sharing is caring!

संघियता खारेजी संगै हिन्दु राष्ट सहितको राजसंस्थाको माग गदै धनगढीमा वृहत प्रर्दशन
बिहीबार, मंसिर ४ १७:३९
नेपालमा थप २ हजार १ सय ३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि
बिहीबार, मंसिर ४ १७:३९
shares