३० असार २०८३, मंगलवार
डोटीमा जिप दुर्घटना हुदा ४जनाको ज्यान गयो
आईतवार, मंसिर २१ ११:०९

डोटीमा जिप दुर्घटना हुदा ४जनाको ज्यान गयो

खबरचित्र सम्बाददाता ।डोटीको बोगटान फुड्सिल गाउँपालिकामा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। चारजना घाइते भएका छन्।  

दिपायलबाट बोगटान फुड्सिल गाउँपालिकाको केन्द्र खत्याडीका लागि हिँडेको शैलेश्वरी यातायातको म १ च ५५० नम्बरको जिप बोगटान फुड्सिल गाउँपालिका–७ को बउखेल्ले भन्ने स्थानमा दुर्घटनामा परेको हो। दुर्घटना राती करिब १ बजेतिरको हो।  

दुर्घटनामा परी चारजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि बाटोमा ल्याउँदै गर्दा मृत्यु भएको हो।  

बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर–७ मा कार्यरत वडासचिव २७ वर्षीया मञ्जु त्रिपाठी, उनकी ५५ वर्षीया सासुआमा(नाम नखुलेको), र ग्रामीण जलस्रोत परियोजनामा कार्यरत केआईसिँह गाउँपालिका–४ का ४० हरिनारायण भट्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक ईन्द्रदेव मल्लले जानकारी दिए।  

मृतक वडासचिव त्रिपाठीका चार वर्षीय छोराको पनि उपचारका लागि बाटोमा ल्याउँदै गर्दा मृत्यु भएको छ। यद्यपी यो खबरलाई जिल्ला प्रहरी कार्यालले पुष्टि गरेको छैन। मृत्यु भएको खबर आएको भने प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए। उनले अस्पताल पुर्‍याएपछि भन्न सकिने बताए।

घाइते हुनेहरुमा ग्लोबल आईएमई बैँकमा कार्यरत सुरक्षा गार्ड टिकाराम गिरी, उनकी श्रीमती खेमा गिरी, खत्याडी माध्यामिक विद्यालयका शिक्षक हेमन्त भट्ट र चालक कैलाश बम रहेका छन्।

दुर्घटनामा जिप बाटोबाट करिब दुई सय मिटर तल भीरमा खसेको घटनास्थलमा उद्वारमा खटिएका शेरबहादुर बमले जानकारी दिए।  

Sharing is caring!

कोरोना संक्रमणका कारण कैलाली मा २८बर्षिय युवक को ज्यान गयो।
आईतवार, मंसिर २१ ११:०९
मोरङमा विप्लव समूहद्वारा शिक्षकको गोली हानी हत्या
आईतवार, मंसिर २१ ११:०९