१४ बैशाख २०८१, शुक्रबार
साईन नेपालद्वारा धनगढीमा नि:शुल्क कम्प्युटर कोर्ष सञ्चालन
मंगलवार, फाल्गुन १८ ०९:०२

साईन नेपालद्वारा धनगढीमा नि:शुल्क कम्प्युटर कोर्ष सञ्चालन

धनगढी – मानवीय सेवामा अनेकौं प्रयास (साईन नेपाल) संस्थाले आयोजना गरेको नि:शुल्क कम्प्युटर कोर्ष सुरु भएको छ ।

सोमबार एक अनौपचारिक कार्यक्रमको आयोजना गर्दै संस्थाले १ सय ६४ जनालाई नि:शुल्क कम्प्युटर कोर्षमा सञ्चालन गरेको हो ।

धनगढी उपमहानगरपालिकालाई कम्प्युटर प्रविधि क्षेत्रमा सुदृढ बनाउने हेतुले सञ्चालन गरेको नि:शुल्क कम्प्युटर कोर्षमा उपमहानगरपालिकाको सिफारिसमा प्रशिक्षार्थीहरु सहभागी गराएको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताउनुभयो ।

उहाँले गरिब,विपन्न ,असहाय तथा उत्पीडित परिवारका व्यक्तिहरुको आर्थिक पक्ष सुधार गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।

विभिन्न सामाजिक पक्षका कमजोरीहरुलाई सुधार गरि व्यक्तिहरुलाई उपार्जनमुखी बनाउने लक्ष्यका साथ अघि बढेको साईन नेपाल संस्थाले सुदुरपश्चिमका १२ वटा स्थानिय पालिकाहरुमा समन्वय गरि केयर एण्ड रिलिफ परियोजना कार्यक्रम गरिरहेको छ ।

Sharing is caring!

साइन नेपाल द्वारा उपमहानगरपालिका वडा नम्बर १२ खलकुद सामाग्री सहयोग
मंगलवार, फाल्गुन १८ ०९:०२
नक्कली नोटमा दोषी प्रमाणित नभएपछि पुनर्वासका मेडिकल सञ्चालक खाती रिहा
मंगलवार, फाल्गुन १८ ०९:०२
shares