३१ जेष्ठ २०७८, सोमबार
नक्कली नोटमा दोषी प्रमाणित नभएपछि पुनर्वासका मेडिकल सञ्चालक खाती रिहा
मंगलवार, फाल्गुन १८ २१:५७

नक्कली नोटमा दोषी प्रमाणित नभएपछि पुनर्वासका मेडिकल सञ्चालक खाती रिहा


पुनर्वास–भारतको उत्तरप्रदेश खजुरीयाबाट नक्कली नोट कारोबारको आरोपमा पक्राउ परेका पुनर्वासका मेडिकल सञ्चालक अदालतबाट रिहा भएका छन्् ।
माघ २३ गते नक्कली नोटको कारोबारमा संलग्न भनि प्रहरीले पक्राउ गरेका पुनर्वास नगरपालिका–६, प्रतिभानगर बजारमा रहेको जेडि क्लिनिकका सञ्चालक रमेश खाती आईतबार अदालतबाट रिहा भएका हुन् ।
उनीसँगै पक्राउ परेका अर्का काठमाडौं महानगरपालिका–१४,बौद्ध बस्ने बिष्णु भट्ट पनि रिहा भएको बेलडाँडी प्रहरीले बताए ।
काम बिशेषले भारतीय बजार खजुरीयामा गएका बेला एक जना चिनजानकै भारतीय नागरिकसँग उसैको घरमा बसेको अवस्थामा भारतीय प्रहरी आएको र प्रहरी देख्ने बित्तिकै उनीहरु पmरार भएपछि आफुहरुलाई भारतीय जनपद प्रहरीले पक्राउ गरेको मेडिकल सञ्चालक खातीले हेल्लो पुनर्वाससँगको कुराकानीमा बताए ।
उनले आफुसँग भएको १७ हजार नेपाली रकम पनि भारतीय प्रहरीले लगेपनि तर सो रकम भने सार्वजनिक नगरेको बताए ।
उनीबाट बरामद गरिएको एक हजारको एक थान र पाँच सयका दुई थान नोट नक्कली भनि प्रहरीले सुरुमा सुचना प्रवाह गरेको भएपनि पछि नेपाल राष्ट्र बैंकले सो नोट सक्कली नै भएको प्रमाणित गरेपछि खाती र भट्टलाई अदालतले रिहा गरेको हो ।
नक्कली नोटको आरोपमा २४ दिन सम्म खाती र भट्टलाई ईलाका प्रहरी कार्यालय बेलडाँडी प्रहरीले आफ्नो हिरासतमा राखी अनुसन्धान गरेको थियो ।

Sharing is caring!

Latest News

साईन नेपालद्वारा धनगढीमा नि:शुल्क कम्प्युटर कोर्ष सञ्चालन
मंगलवार, फाल्गुन १८ २१:५७
भारत को हैदराबादमा लुगासुकाउने क्रममा करेन्ट टच हुदा एक नेपाली महिलाको ज्यानगयो।
मंगलवार, फाल्गुन १८ २१:५७
shares