९ आश्विन २०७८, शनिबार
ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि चौपायामा टल्कने स्टिकर लगयो
शनिबार, श्रावण ९ १४:२२

ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि चौपायामा टल्कने स्टिकर लगयो

धनगढी,९ साउन । दुर्घटना न्यूनीकरणका लागि कैलाली-कञ्चनपुरमा सडकमा छोडिएका चौपायामा टल्कने स्टिकर लगाउने अभियान थालेको छ । ट्राफिक प्रहरीले सडकमा छोडिएका चौपायामा टल्कने स्टिकर लगाउने अभियान सुरु गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली र कञ्चनपुरले सडक खण्ड तथा मुख्य बजार क्षेत्रमा छोडिएका पशु चौपायामा रातको समयमा टल्कने स्टिकर लगाउने अभियान थालेको जनाएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहराका अनुसार कैलाली यातायात प्रा.लिको सहयोगमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गते धनगढी अत्तरिया ६ लेन सडक खण्ड तथा बजार क्षेत्रमा रहेका छाडा चौपयामा रिफ्लेक्टिव वेल्ट लगाएको बताए ।  रातिको समयमा यसले सवारी चालकले सहजै छाडा चौपायालाई देख्न सक्ने उनको भनाई छ ।

उता जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले पनि पुर्व पश्चिम राजमार्ग सडक खण्ड तथा मुख्य बजार क्षेत्रमा छोडिएका पशु चौपायामा रातको समयमा टल्कने स्टिकर लगाएको हो । रातको समयमा हुने सडक दुर्घटना न्युनिकरणका लागि छाडा पशु चौपायाहरुलाई  रिफ्लेक्टिव वेल्ट लगाउने अभियान अन्तरगत शुक्रबार अस्थाई ट्राफिक प्रहरी पोष्ट गुलरीयामा कार्यरत प्रहरी नायव निरिक्षक सावन सिंह क्षेत्री भाट समेतको टोलीले छाडा पशु चौपायाहरुलाई रिफ्लेक्टिव वेल्ट लगाएको हो ।

अन्य स्थानको तुलनामा पुर्व पश्चिम राजमार्ग सडक खण्ड तथा मुख्य बजार क्षेत्रमा छाडा छोडिएका चौपायाको संख्या धेरै भएको हुँदा सो क्षेत्रमा यो अभियान शुरु गरेको प्रहरीले जनाएको छ । रातको समयमा चौपायाहरु सडकमा आउने र चालकले नदेख्ने हुँदा दुर्घटना हुने गरेकोे छ ।

Sharing is caring!

Latest News

नारायण काका की रोपाइ सर्बजनिक (भिडियो सहित )
शनिबार, श्रावण ९ १४:२२
एक्सन नायक बिराज भट्ट शुटिङ्ग दोरानमा घाइते
शनिबार, श्रावण ९ १४:२२
shares