शनिबार, श्रावण १६ १७:५०
नायक चौधरीले जन्म दिनको अवसर दृष्ट्रि फाउण्डेसन खाद्यन्न सहयोग
धनगढी १६ श्रावण । जन्म दिनको अवसर पारेर राष्ट्रिय थारु कलाकार मञ्च सुदुरपश्चिम अध्यक्ष नायक संगत चौधरी दृष्ट्रि फाउण्डेसन कैलाली लाई खाद्यन्न सहयोग गरेका छन ।
फाउन्डेसनमा रहेका बालबालीका लाई सहज होस भन्ने उद्येश्यका साथ नुन , तेल चामल लगायतका सामाग्री बितरण गरियको नायक चौधरीले बताए । उनले आफनो जन्म दिनमा फजुल खर्ज नगरेर सहयोग गरेको बताए ।
खाद्यन्न सामाग्री फाउन्डेसनका अध्यक्ष कल्पना भटटलाई हस्तानतरण गरियको थियो । वितरण कार्यक्रममा सुदुरपश्चिम कला प्रतिष्ठानका महासचिव गुणाकर पनेरु, होटेल व्यवसायी संघका सचीव अबेश चन्द, सुदुरपश्चिम थारु सलिमा पहुराका संचालक गोविन्द मुखिया र नृत्याङ्गना पुजा भट्ट लगायतको सहभागीता रहेको थियो ।
