१३ बैशाख २०८१, बिहीबार
ग्रिन क्लिन धनगढीको आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न
मंगलवार, श्रावण १९ १७:२०

ग्रिन क्लिन धनगढीको आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न

सामुदायिक विद्यालयहरु मा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । ग्रिन क्लिन धनगढीको आयोजनामा बृक्षरोपण गरियको हो । बि.सं २०७० सालमा स्थापना भएको ग्रिन क्लिन धनगढीले धनगढी उपमहानगरपालिका भित्र नियमीत रुपमा वृक्षरोपणको कार्यक्रम गर्दै आएको छ ।

बृक्षरोपण गर्दै

सडक छेउमा वृक्षरोपण, एक घर दुई फलफूल बिरुवा, विद्यालय तथा धार्मिक स्थलमा वृक्षरोपण जस्ता कार्यक्रमहरु ग्रिन क्लिन धनगढीले नियमित रुपमा गर्दै आएको छ । सस्थाले मंगलबार नवदुर्गा मा. वि. मा विभिन्न जातका २५ ओटा फुल र सो प्लान्टका विरुवाहरु रोपेको छ ।

वृक्षरोपण कार्यक्रम सहजकर्ता समुयाल न्यौपानेले, धनगढी–अत्तरिया ६ लेन सडककोे विचमा रहेको विरुवा रोप्ने ठाउँमा करिव २ किलोमिटर जति भाग ग्रिन क्लिन धनगढीको नेतृत्वमा वृक्षरोपण र संरक्षक बार लगाउने कार्यक्रम छिटै नै सुरु हुने बताए । वृक्षरोपण कार्यक्रममा समाजसेवी सुवास शाही समुएल न्यौपाने र शुभम पनेरु लगायत ग्रिन क्लिन धनगढीका स्वयंसेवक र विद्यालयका शिक्षकहरु लगायत को सहभागीता रहेको थियो ।

Sharing is caring!

नायक चौधरीले जन्म दिनको अवसर दृष्ट्रि फाउण्डेसन खाद्यन्न सहयोग
मंगलवार, श्रावण १९ १७:२०
राष्ट्रिय थारु कलाकार मञ्च द्वारा आर्थिक सहयोग
मंगलवार, श्रावण १९ १७:२०
shares