६ बैशाख २०८१, बिहीबार
तिल्केताल सामुदायिक वनको २१ औँ साधारण सभा सम्पन्न ,नयाँ कार्यसमिति चयन
शनिबार, श्रावण २३ १५:४१

तिल्केताल सामुदायिक वनको २१ औँ साधारण सभा सम्पन्न ,नयाँ कार्यसमिति चयन

धनगढी सावन,२३ धनगढीमा उपमहानगरपालिका २ मा रहेको तिल्केताल सामुदायिक वन उपभोक्ता समितिको २१ औँ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।अध्यक्षमा मणिराज जोशी,उपाध्यक्ष काशीराम गुरागाईँ,सचिव अंशु विष्ट,कोषाध्यक्षमा तपराज ओझा र सदस्यमा क्रमशः,सुनिल शाह,दिर्घराज साउद,विवेक नागरी,मिरा श्रेष्ठ,मोतीकला श्रेष्ठ र अम्मरजित नागरी चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष जोशीले सामुदायिक वनको जोगाउन र आर्थिक आर्जनका लागी निरन्तर काम गर्ने प्रतिबद्धता जनाए ।

साधारण सभामा चालु आर्थिक वर्ष २०७७÷०७८ मा भएका कार्यक्रम तथा प्रगतिहरूको विवरण सार्वजनिक गरिएको थियो । यस्तै मूल वन व्यवस्थापन गर्न आगामी वर्षका लागि प्रस्तावहरू समेत पेस गरिएको छ । सभाले चालु वर्षमा वनको कार्यालय निर्माण गर्ने लक्ष्य लिएको छ । वनका निवर्तमान अध्यक्ष कमला गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि धनगढी उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष नर बहादुर बम रहेका थिए ।

Sharing is caring!

राष्ट्रिय थारु कलाकार मञ्च द्वारा आर्थिक सहयोग
शनिबार, श्रावण २३ १५:४१
सुदूरपश्चिममा उच्च क्वालिटीको क्यामेरा 8k भित्र्यो
शनिबार, श्रावण २३ १५:४१
shares