सुदूरपश्चिममा उच्च क्वालिटीको क्यामेरा 8k भित्र्यो
धनगढी ,१५ सुदूरपश्चिममा सोनी अल्फा A1 ‘8k फ्लैगशिप मिररलेस मुभी क्यामेरा भित्र्याएका हुन । हास्यकलाकार जहित बुढाले सुदूरपश्चिममा पहिलो पटक उच्च क्वालिटीको क्यामेरा भित्र्याएका छन् । कैलालीको अत्तरियाका बुढाले करिब २० लाखको लगानीमा क्यामेरा ल्याइएको बताए । ‘भिडियो क्वालिटी धेरै राम्रो रहेको र अब ठूलो पर्दाको मुभी पनि खिच्न सक्ने र सुदुर पश्चिम् बाट केहि नयाँ गर्ने सोचका साथ क्यामेरा भित्र्याएको बताए ।
कृष्ण जन्माष्टमीको दिन अवसर पारेर क्यामेराको उद्घाटन समेत गरिएको छ । जानकी मन्दिर धनगढीमा एक कार्यक्रमका बीच क्यामेराको उद्घाटन गरिएको हो । सो कार्यक्रममा सहभागी बरिस्ठ कलाकार राजकुमार जोशी ,नृत्य निर्देशक भीम विष्ट (अछामी रेखा), नृत्य निर्देशक रमेश बिजुली,डोर्न पाइलट तथा क्यामेरामेन प्रकाश नागरी कलाकारहरु भूपी उपाध्याय,हेमन्त भट्टराई , गुनाकर पनेरु ,मेगा भट्ट ,पुस्पा बडैला, लगायत कलाप्रेमी तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।
