१३ बैशाख २०८१, बिहीबार
माया मोहनी बोलको गीत सार्वजनिक
शनिबार, भाद्र १९ १४:५४

माया मोहनी बोलको गीत सार्वजनिक

कैलाली । अभिनेता पुष्प खड्काको थारू म्युजिक भिडियो सार्वजनिक भएको छ । माया मोहनी बोलको गीतमा उनले गीता ढुंगाना संग अभिनय गरेका छन् । सुवेश कठरियाको शब्द रहेको गीत गायिका अन्नु चौधरी र मुनाल महतोंले स्वर दिएका छन् ।

म्युजिक भिडियोमा मोडल सुनिता दहित र ऋषिको पनि अभिनय रहेको छ । म्युजिक कम्पोज मनोज महतोले गरेका छन् भने एरेन्ज गणेश चौधरीले गरेका छन् । भिडियोको स्क्रिप्ट र डाइरेक्सन सुरजदेव कुशम्याले गरेका छन् । आर्ट डाइरेक्सन पर्नव अकाशको रहेको छ भने निर्माता कुमनारायण महतो रहेका छन् ।

छायांकन ज्ञानेन्द्र शर्मा र सम्पादन रामु चौधरीले गरेका छन् । भिडियो मार्फत थारू समुदायमा जरा गाडेर बसेको रुढिबादी परम्परा, अन्धविश्वास, जादुटोना हटाउन र जनचेतना फैलाउन खोजिएको छ ।

Sharing is caring!

किसान बहुउद्देश्यीय सहकारी संस्था द्वारा मृतक चौधरीका परिवारलाई ७ लाख भन्दा बढीको सुबिधा रकम चेक हस्तान्तरण
शनिबार, भाद्र १९ १४:५४
‘हिट हिट लेहेंगा वाली छैली–२’ सार्वजनिक (भिडियो सहित )
शनिबार, भाद्र १९ १४:५४
shares