“ ओ मेरी भाउजू´´ गित यतिबेला युट्युवको १ नम्बर ट्रन्डिङमा (भिडियो सहित )
हाम्रो गाउँघरमा देवर र भाउजु बिच हुने ठट मजाकलाई कुराकानी जस्तै गरेर देउडा शैलीमा तयार पारिएको “ओ मेरी भाउजू´´ गित यतिबेला युट्युवको १ नम्बर ट्रन्डिङमा सफल भएको छ ।
पछिल्लो समयका निकै ब्यस्त र चर्चामा रहेका गायक हुन् चक्र बम । ओई काजल,भन साली तेरि दिदि गितको सफलता पछि झनै चर्चाको शिखरमा पुगेका गायक बमका त्यसपछि पनि थुप्रै गितहरु बजारमा आइरहेका छन् ।
केही दिन पहिले मात्रै सार्बजनिक भएको उनको ओ मेरी भाउजु बोलको नयाँ गितले पनि अहिले झनै चर्चा बटुलिरहेको रहेको छ ।
गत आइतबार मात्रै गायक चक्र बमकै युट्युव च्यानलबाट सार्वजनिक भएको उक्त गितको भिडियो २४ घण्टा नबित्दै ट्रन्डिङमा पर्न सफल भएको थियो ।
यो गितलाई अत्याधिक दर्शक स्रोतहरुले मन पराइरहेका छन् । गीतमा गायक बमलाई गायिका लक्ष्मि आचार्यले साथ दिएकी छिन् ।
यो गितमा गायक चक्र बमकै शब्द÷संगीत रहेको छ । उक्त गितको म्युजिक भिडियोमा नेपाली चर्चित अभिनेत्री करिश्मा मानन्धरलाई भाउजुको भूमिका देख्न सकिन्छ भने गायक बम आफै देवर बनेका छन् र मोडल करिश्मा ढकाल साली बनेकी छन् ।
मौसम हीमालीले निर्देशन गरेको उक्त म्युजिक भिडियोलाई अनिल के. मानन्धरले छायाँकन गरेका हुन् भने प्रविण भट्टले सम्पादन गरेका हुन् ।
ओ मेरी भाउजु बोलको नयाँ गित
