१७ बैशाख २०८३, बिहीबार
सुपक राष्ट्रिय सम्मान २०८०कार्यक्रम सम्पन,प्रदेशमा चलचित्र विकास बोर्ड बन्ने :मन्त्री साउँद
शुक्रबार, जेष्ठ २६ २३:०६

सुपक राष्ट्रिय सम्मान २०८०कार्यक्रम सम्पन,प्रदेशमा चलचित्र विकास बोर्ड बन्ने :मन्त्री साउँद

विवेक नागरी,धनगढी,जेष्ठ,२६ सुदुरपश्चिम कला प्रतिष्ठानको आयोजनामा सुपक राष्ट्रिय सम्मान २०८०कार्यक्रम सम्पन भएको छ। कला क्षेत्रको प्रबर्द्धनका लागि योगदान दिएका कलाकारलाई सम्मान गर्दै दोसला ओढाउदै अवार्ड बितरण गरेको हो ।
सम्मानित हुनेमा शिवदत्त पन्त, यज्ञराज जोशी (यात्री) उदयसिंह बोेहरा, दलबहादुर बोगटी, श्रेष्ठ प्रिया पत्थर, महेश विक्रम शाह, नरबहादुर बटाला, पदमराज जोशी (प्रभात), डिग्रा वादी, किशोर भण्डारी, भोेजराज भट्ट, ताराप्रसाद ओझा, लक्ष्मीदेवी बोहरा, टेकबहादुर भगोरिया, नवल खडका, रामलाल जोशी, सुधराम दहित, रामदेव राना, पवित्रा भण्डारी ,पहुरा थारु दैनिक प्रेम दहित, प्रदीप तुलाधर, डा. टिएन जोशी, डा. पुष्करराज भट्ट, राजकुमार जोशी, प्रमिला चौधरी, देवीचन पुन, फुल सोइक्रर राना, अमर सुनार, ध्वजबहादुर महरा, सुनिता दहित, जिवि आग्री, प्रेम पौडेल र झरना बोहरा रहेका छन ।

प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरी सरकार खेलाडीले कलाकारलाई राष्ट्रकेै गहनाको रुपमा प्रयोग गरेको बताए। कलाकार लाइ प्रोसन गर्न कुनै पनि कार्यकर्म नल्याको बताए। सुदूरपश्चिम प्रदेशमे नीति तथा कार्यक्रममा खेलाडीका सम्बोधन ग¥यो तर कलाकारलाइ सम्बोधन नगरेको प्रदेशसभा सदस्य चौधरीले बताए।

यस्तै नेपाल चलचित्र निर्माण संघका अध्यक्ष नवलसिंह खडका नेपाल सरकारले चलचित्र बोडकलाई जम्मा चार करोड बजेट विनियोजन गरेको बताए। राज्यलाई बार्षिक २५ करोड राजश्व तिरी रहको उनले बताए। सुदूरपश्चिम प्रदेशमा चलचित्र विकास बोर्ड गठन गर्न माग गर्ने संघका अध्यक्ष खडकाले बताए।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशी सुुदूरपश्चिमाञ्चल कला प्रतिष्ठानले आफनो लगायत यहाँको श्रष्टा योगदान कदर गरेको बताए। राज्यले कलाकार र श्रष्टाहरुको सम्मान गर्न बताए। उहालेँ कलाकारहरुकोे लागी सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानबाट हने सहयोगमा पछी नपर्ने प्रतिबद्धता समेत गरे ।

छाडा संस्कृति विरुद्ध हटाउने र आफनो संस्कृति जोगी राक्नु पर्ने सामाजिक विकास मन्त्री झपट बहादुर साउँदले बताए,। हम्रो संस्कृति हाम्रो पहिचान हो । सुदूरपश्चिम कला संस्कृतिको धनी प्रदेश हो । हाम्रो मौलिक कला, संस्कृति छ । तराई क्षेत्रमा रानाथारु, थारु समुदायको पनि आफनो संस्कृति रहेको मन्त्री साउँदले बताए । अब प्रदेशमा चलचित्र विकास बोर्ड बनाउन सक्ने र यसका लागी आर्थिक खाँचो पर्ने र नीति ऐन बनाएर बजेटको व्यवस्था गर्ने मन्त्री साउँदले बताए,।

सुुदूरपश्चिमाञ्चल कला प्रतिष्ठानके अध्यक्ष अम्बिका प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव गुणाकर पनेरु गरेका हुन । सुपक राष्टिय सम्मान २०८० तथा विविध सांगीतिक कार्यक्रमा थुपै कलाकारहरुको प्रस्तुती रहेको थियो।

Sharing is caring!

Latest News

भारतले ७१ औं विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्ड-२०२३ को आयोजना गर्ने।
शुक्रबार, जेष्ठ २६ २३:०६
हास्य टेलिशृंखला (शनि ग्रहदशा ) सार्वजनिक
शुक्रबार, जेष्ठ २६ २३:०६