११ असार २०८३, बिहीबार
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रिय सचिवमा सुदूरपश्चिमबाट  लामिछाने निर्वाचित
आईतवार, फाल्गुन २० ०८:२८

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रिय सचिवमा सुदूरपश्चिमबाट लामिछाने निर्वाचित

फाल्गुन १९, काठमाडौ
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रिय सचीवमा सुदूरपश्चिमकाबाट सम्भु लामिछाने निर्वाचित भएका छन् । काठमाडौमा सम्पन्न महासंघको ७ औं महाधिवेशनबाट लामिछाने सचिबमा निर्वाचित भएका हुन । उनले जम्मा खसेको ५११ मत मध्ये ३०९ मत प्राप्त गरे । सुदूरपश्चिमको धनगढीबाट एक दशक लामो समयदेखि पुस्तक व्यवसायमा सकृय लामिछाने चितवनको सौराहामा सम्पन्न छैटौं महाधिवेशनमा केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए। त्यस्तै सुदुरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्यमा स्टेसनरी तर्फ योगेन्द्र बहादुर शाही र भुगोल तर्फ केन्द्रीय सदस्यमा सुदूरपश्चिम प्रदेशबाट शंकर बहादुर कठायत निर्वाचित भएका हुन् । केन्द्रीय सदस्यमा पुस्तक तर्फ खुल्ला उम्मेद्बारी दिएका सुदूरपश्चिमका शकर दत्त भट्ट भने पराजित भएका छन् । ७ जना केन्द्रिय सदस्य खुल्लाका लागि १५ जनाको मनोनयन परेको थियो । भट्टले २२४ मत मात्र प्राप्त गरे ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको राष्ट्रिय अध्यक्षमा शिवसागर शर्मा निर्वाचित

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको राष्ट्रिय अध्यक्षमा शिवसागर शर्मा निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न महासंघको सातौं राष्ट्रिय महाधिवेशनबाट शर्मा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । निर्वाचित अध्यक्ष शर्मा गुडविल पब्लिकेसन्सका सञ्चालक हुन् ।
अधिवेशनमा अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी रहेको थियो । कुल ५११ खसेको मतमा शर्माले ३२३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी दिवाकर घिमिरेले १०२ र ऋषिराम शर्माले ८६ मत प्राप्त गरे ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा मातृका शिवाकोटी, उपाध्यक्षमा नारायणकुमार श्रेष्ठ, बुद्धिप्रसाद अधिकारी र सरोज मास्के, महासचिवमा विष्णुप्रसाद पौडेल, उप-महासचिवमा अर्जुनप्रसाद आचार्य, कोषाध्यक्षमा ताराराम श्रेष्ठ, सचिवमा महेश शर्मा र शम्भु लामिछाने साथै महिला सचिवमा कोपिला गिरि निर्वाचित भएका छन् । त्यसैगरी सह-कोषाध्यक्षमा रविन बराल र लेखा संयोजकमा कृष्णराम कार्की निर्वाचित भएका छन् । त्यस्तै अन्य ७ जना केन्द्रिय सदस्य खुल्ला तर्फ र ७ जना भुगोल तर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

Sharing is caring!

Latest News

दार्चुलाको नौगाड२सुन्ड्मुन्ड मा एक युबक मृत फेला।
आईतवार, फाल्गुन २० ०८:२८
बाके को राप्ती सोनारी८माप्रकृतिहो होटेल को मनपरि
आईतवार, फाल्गुन २० ०८:२८