३० असार २०८२, सोमबार
‘पुजार सार्की’को ट्रेलर सार्वजनिक जेठ १० गतेबाट विश्वव्यापी रूपमा रिलिज हुने
बुधबार, बैशाख २६ ००:५१

‘पुजार सार्की’को ट्रेलर सार्वजनिक जेठ १० गतेबाट विश्वव्यापी रूपमा रिलिज हुने

काठमाडौं। चर्चामा रहेको पुूजार सार्की आगामी जेठ १० गतेबाट विश्वव्यापी रूपमा रिलिज हुन लागेको चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । आज काठमाडौँको वन सिनेमामा एक समारोहको आयोजना गर्दै ४ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो ।
आयोजित समारोहमा चलचित्रका कलाकारहरू प्रदीप खड्का, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शङ्कर आचार्य, निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी, निर्माता सुवास भुसाल लगायतको उपस्थिति रहेको थियो । अर्को चलचित्रको छायाङ्कनमा व्यस्त रहेका कारण कार्यक्रममा नायक पल शाह भने उपस्थित थिएनन् ।
सार्वजनिक ट्रेलरमा जातीय विभेदले समाजका हरेक तहका मानिसहरूलाई पारेको व्यक्तिगत, मानसिक र सामाजिक असरलाई उतारिएको छ । चार मिनेट २१ सेकेन्ड लामो ट्रेलरमा अभिनेता पल शाहलाई समाज परिवर्तन गर्न अग्रसर युवाको भूमिकामा प्रस्तुत गरिएको छ ।

Sharing is caring!

Latest News

धनगढीको एल एन चोकमा फिक्स कलेक्सन सोपिङ सेन्टर खुल्यो (४००,६०० र ८००)
बुधबार, बैशाख २६ ००:५१
डेउडा प्रतिष्ठान केन्द्रीय कार्यसमितिले २०८१ सालको भित्तेपात्रो विमोचन गर्यो
बुधबार, बैशाख २६ ००:५१