धनगढीमा २४सै घण्टा सेवा दिन नमुना पेट्रोल पम्प सञ्चालनमा
नेपाल प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा नमुना पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । नेपाल प्रहरीको कल्याण कोषद्वारा सञ्चालनमा ल्याइएको सो पेट्रोल पम्पले २४ घण्टा सेवा प्रदान गर्ने बताइएको छ ।
२४ सै घन्टा सेवा पाउने भएपछि सहज हुने सेवाग्राहीहरु सहज हुने अपेक्षा लिएका छन् । एक विघा १८ कट्टा जमिनमा निर्माण गरिएको पेट्रोल पम्प बनाउन साडे ७ करोड रुपैयाँ लागत भएको छ । नमुना पेट्रोल पम्पका प्रमुख प्रहरी नायव निरिक्षक रुपेश सुनारले पेट्रोल पम्पमा ४० हजार डिजेल र ४० हजार पेट्रोल भण्डारण गर्ने ट्यांकी निर्माण भएको जानकारी दिए ।
प्रहरी कल्याणकारी कोषले सञ्चालन गरेको पेट्रोलपम्पको उद्देश्य पनि कोषले लिएको उद्देश्यजस्तै सामाजिक कार्यमा सहभागिता जनाउने र सेवा प्रदान गर्ने ।प्रहरीले बिक्री वितरण गर्ने पेट्रोलियम पदार्थको गुणस्तर अन्य ठाउँ भन्दा बढी विश्वसनीय हुने आम जनतामा स्वाभाविक विश्वास बढेको छ।प्रहरीको सेवा चौबीसै घन्टा घाम पानी केही ख्याल नगरी दिइने खालको सेवा हो ।आपत्विपत्मा परेकाहरूको सुरक्षा दिन तत्पर प्रहरीहरूबाट जनता सुरक्षाबाट विश्वस्त भएजस्तै उसका अन्य सबै पनि चौबीसै घन्टा प्राप्त होला भन्ने बुझाइ जनतामा रहेको छ।
नमुना पेट्रल पम्पको सबै मापदण्ड पुरा गरि सेवा दिन सुरु भए पनि औपचारिक उदघाटन भने वाँकी रहेको जानकारी प्रहरी नायव निरिक्षक सुनारले जानकारी दिनुभयो ।
