६ माघ २०८१, आईतवार
धनगढी डान्स, च्याम्पियनशिप सिजन ३ मेगा राउण्ड
आईतवार, भाद्र ९ १४:४४

धनगढी डान्स, च्याम्पियनशिप सिजन ३ मेगा राउण्ड

धनगढी । धनगढीमा धनगढी डान्स, च्याम्पियनशिप सिजन ३ मेगा राउण्ड २०८१ सुरु भएको छ। द टुइन्स धनगढीको – आयोजनामा शनिबार धनगढीमा धनगढी डान्स च्याम्पियनशिप सिजन ३ मेगा राउण्डको दोस्रो राउण्ड सुरु भएको हो । –
कार्यक्रमको प्रमुख अतिथी रहेका सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशीले कार्यक्रमको उद्घाटन गरेका थिए । – कार्यक्रममा प्रमुख अतिथी उपकुलपति जोशीले भाषा, कला, साहित्य र संस्कृतिको विकासका लागि आफुहरु सक्रिय भएर लागि रहेको बताए। गाउँ घर, कुना कन्द्रामा लुकेर बसेका प्रतिभाहरु लाई बाहिर ल्याउनका लागि प्रज्ञा प्रतिष्ठानले विभिन्न कार्यक्तहरुमा सक्रियता बढाइरहेको उनले बताए। सुदूरपश्चिम कला र सगितको भण्डार पनि भए‌काले कलाहरुको खोजिका लागि गाउँ-गाउंमा, घरघरमा र प्रदेशका सबै जिल्लाहरुमा प्रतिभाहरुको खोजिकार्य अभियानं लाई अगाडि बढाइएको उनको भनाई रहेको छ ।
कार्यक्रमको सभापति समेत रहेका द दुइन्स धनगढीका सञ्चालक केशव बलायरले मेगा राउण्डमा ९ वटै जिल्लावाट २०० जना छनोट भएर आएको बताए । उनले मेगा राउण्डमा एक सय ६० जना प्रतियोगिहरु सहभागि भएकोमा ८० जना प्रतियोगिहरुलाई छनोट गर्न बताए । मेगा राउण्डपछि तीन दिन सम्म कार्यशाला सञ्चालन गर्न उनले बताए ।

Sharing is caring!

चर्चित गायक टेकबिसको आवाजमा “लालरिबन कर्ली कर्ली केशमै” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
आईतवार, भाद्र ९ १४:४४
सुदूरपश्चिममा अपाङ्गता सम्बन्धि निति बन्ने चरणमा :राज्यमन्त्री खड्का
आईतवार, भाद्र ९ १४:४४