सुदूरपश्चिममा अपाङ्गता सम्बन्धि निति बन्ने चरणमा :राज्यमन्त्री खड्का
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खडकाले सरकारी अस्पतालका सेवा सुविधा बन्द गराएर बिरामीलाई निजी क्लिनिक पठाउने चिकित्सको निगरानी गरिरहेको बताइन् ।
केही सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरु बिरामीको उपचार गर्ने भन्दापनि आफ्ना वा आफुलाई बिरामी पठाए बाफत मोटो रकम दिने निजी क्लिनिकमा जान लगाउने गरेको जनगुनासो आएकाले व्यक्तिगत स्वार्थमा सुदूरपश्चिमेली जनसमुदायको स्वास्थ्य अवस्थाम खेलवाड गर्नेहरुको पहिचान जरुरी रहेको बताए । स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी चुनौती रहेको छ, उनले भने–‘निजी अस्पतालमा मनपरि भएको गुनासो पनि आउने गरेको छ । निजी अस्पताललाई बलियो बनाएर सरकारी अस्पताललाई कमजोर बनाउन कसैले पनि मिल्दैन ।’
आफुसँग भएका साधन स्रोतलाई उपयोग गरेर जनताको सेवा गर्न सरोकारवालाई आग्रह गर्दै राज्यमन्त्री खड्काले सरकारी अस्पतालको सेवा सुधारका लागि सक्रिय भएर लाग्ने बताए । उनले अपाङ्गता पुनस्थापना केन्द्र स्थापनाका लागि पनि पहल गर्ने प्रतिवद्धता जनाइन् । सुदूरपश्चिममा अपाङ्गता सम्बन्धि निति बन्ने चरणमा रहेको र त्यसलाई अन्तिम रुप दिन लाग्ने उनको भनाई थियो ।
यस्तै कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिवले प्रदेश सरकारवाट अपाङ्गता क्षेत्रमा हुँदैगरेका कामबारे जानकारी दिए । उनले प्रदेश सरकारको सानो बजेटबाट सबै समुदायका धेरै आकक्षाँ पुरा गर्न नसकेपनि सक्दो प्रयास गरिरहेको बताए । स्वास्थ्य तालिम केन्द्रका प्रमुख नरेन्द्रसिंह कार्कीले मानवीय तथा समुदायीक कार्यमा अन्य मुलुकमा हुने गरेको प्रसँग प्रस्ट्याउदै सबैतिर सरकारी मुख ताक्नुभन्दा सामाजिक संघ संस्था निजीक्षेत्र लगायतले मानवीय दायीत्व बोध गरेर सामाजिक कार्यमा सघाउनुपर्ने बताए ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालका सुदूरपश्चिम अध्यक्ष मानवहादुर साउँदले अपाङ्गताका सवाल ऐन कानुनमा धेरै रहेपनि कार्यान्वयनको पक्ष कमजोर रहेको भन्दै समाजको सहि रुपान्तरणकालागि तीनवटै सरकार र सरोकारवालाको साथ सहयोगको अपेक्षा गरे । स्वास्थ्य पुर्नस्थापना सम्बन्धि उक्त अन्तरकृया कार्यक्रममा प्रदेश र स्थानीय तहका सरोकारवाला निकायको सहभागिता रहेको थियो ।