२६ असार २०८३, शुक्रबार
गर्भवती महिलाको बिच बाटोमै मृत्यु
मंगलवार, पुष २३ ११:३१

गर्भवती महिलाको बिच बाटोमै मृत्यु

बझाङ,पुस २२। बझाङमा एक गर्भवती महिलाको बिचबाटोमै मृत्यु भएको छ। जिल्लाको केदास्युँ गाउँपालिकाकी गर्भवती महिलाको मृत्यु भएको हो।

अत्यधिक रक्तस्रावका कारण केदारस्युँ गाउँपालिका–१ डुडिलका उमेश बोहराकी श्रीमती २१ वर्षीया सविता बोहराको अस्पताल लैजाने क्रममा सोमबार बिचबाटोमै मृत्यु हो। गर्भावस्थामा रहेका कारण उनलाई तत्काल अस्पताल पुगाउनुपर्ने थियो। तर बिचबाटोमै उनले बच्चा जन्माएकी थिइन।

बच्चा जन्मिएको केही समयमै दुबै जनाको मृत्यु भएको वडाअध्यक्ष वीरबहादुर भण्डारीले बताए। घटनाको विषयमा पछि मात्र जानकारी पाएको उनले बताए। यस्तो खबर आएपछि गाउँपालिकाबाट एम्बुलेन्स पठाए पनि आमा र शिशुलाई बचाउन नसकिएको बताइएको छ।

Sharing is caring!

बहुप्रकोप पूर्वसूचना प्रणाली रणनीतिक कार्ययोजना मस्यौदा माथि छलफल
मंगलवार, पुष २३ ११:३१
माघ १ गते टेम्पल रिसोर्टमा लाइभ कन्सर्ट हुँदै
मंगलवार, पुष २३ ११:३१