२७ जेष्ठ २०८३, बुधबार
सुदूरपश्चिम महोत्सवमा पौष १ गते पल शाह , बिपना थापा लगायत जम्बो टोलीको प्रस्तुति
सोमबार, मंसिर २९ २१:४५

सुदूरपश्चिम महोत्सवमा पौष १ गते पल शाह , बिपना थापा लगायत जम्बो टोलीको प्रस्तुति

सुदूरपश्चिम महोत्सव–२०८२ मा पौष १ गते कलाकारहरूको जम्बो टोली, पल शाहदेखि बिपना थापा र झुम्कीका गायक विष्णु भट्टसम्मको विशेष प्रस्तुति रहने छ। सुदूरपश्चिम महोत्सव–२०८२ अन्तर्गत पौष १ गते चर्चित कलाकारहरूको जम्बो टोलीले महोत्सवमा प्रस्तुति दिने भएको छ।

आयोजकका अनुसार उक्त दिन नेपाली फिल्म क्षेत्रका चर्चित नायक पल शाह, वरिष्ठ नायिका बिपना थापा, रेखा जोशी, झुम्कीका गायक विष्णु भट्ट, कलाकार सुनिल नेपाली तथा लोकप्रिय हास्य कलाकार निशान परियार लगायतको विशेष प्रस्तुति रहनेछ।आयोजकले जानकारी दिएअनुसार हालसालै अत्यधिक चर्चामा रहेको गीत “यानि लान्छु ओइ झुम्की” मार्फत लोकप्रिय बनेका गायक विष्णु भट्टको प्रस्तुति दर्शकका लागि विशेष आकर्षण हुने अपेक्षा गरिएको छ।

विभिन्न विधा र क्षेत्रका कलाकारहरूको सहभागिताले सुदूरपश्चिम महोत्सवलाई थप मनोरञ्जनात्मक र रंगीन बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

Sharing is caring!

Latest News

सुदूरपश्चिम महोत्सवमा झुम्कीका गायक विष्णु भट्टको प्रस्तुति,
सोमबार, मंसिर २९ २१:४५
सुदूरपश्चिम महोत्सवमा पर्फर्मर दुर्गेश थापाको भव्य इन्ट्री, ४ गते ‘वाइल्डफायर’ प्रस्तुति
सोमबार, मंसिर २९ २१:४५