११ असार २०८३, बिहीबार
फिल्म ‘लालीबजार’को टिजर सार्वजनिक, २०८३ वैशाख १८ मा प्रदर्शन
बुधबार, माघ २८ ०९:३०

फिल्म ‘लालीबजार’को टिजर सार्वजनिक, २०८३ वैशाख १८ मा प्रदर्शन


षट्कोण आर्ट्सको निर्माणमा बनेको नेपाली कथानक चलचित्र ‘लालीबजार’ आगामी वर्ष वि.सं. २०८३ वैशाख १८ गते प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले प्रदर्शन मिति तय गर्दै फिल्मको टिजर सार्वजनिक गरेको हो।
सार्वजनिक टिजरमा फिल्मका मुख्य पात्रहरूलाई समेट्दै कथावस्तुको झलक प्रस्तुत गरिएको छ, जसले दर्शकमा उत्सुकता बढाएको छ। बर्दियाको राजापुर क्षेत्रमा छायांकन गरिएको यस फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का नियमितभन्दा फरक भूमिकामा देखिएकी छन्, जसले फिल्मप्रति दर्शकको चासो थप बढाएको निर्माण पक्षले जनाएको छ।
फिल्ममा रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी लगायत कलाकारहरूको अभिनय रहेको छ। यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसङ्शा सुवेदी ले अभिनयमा डेब्यु गर्दैछन्।
निर्देशक यम थापा को कथा तथा निर्देशनमा तयार भएको ‘लालीबजार’को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराई ले संयुक्त रूपमा लेखेका हुन्। फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन्।
फिल्मको प्राविधिक पक्ष पनि सशक्त देखिन्छ। क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलर रेनिश फागो, भिएफएक्स समीर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउन्ड म्युजिक तथा मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशक उमेश चौधरी, कस्ट्युम डिजाइनर तथा स्टाइलिस्ट जानकी कडायत, मेकअप काव्या थापा रहेका छन्।
त्यसैगरी फिल्मको सङ्गीतमा प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइबा को योगदान रहेको छ।

Sharing is caring!

Latest News

धनगढीमा ‘आबाट आमाका कलाकारलाई दर्शकको भव्य सम्मान
बुधबार, माघ २८ ०९:३०
सुदूर कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टार २०८२/८३ को औपचारिक घोषणा
बुधबार, माघ २८ ०९:३०