१८ बैशाख २०८३, शुक्रबार
बिहीबार, आश्विन ३० १०:२०

धनगढी युवा क्लव धनगढी उपमहानगरपालिका ८ले पेलान्टी सुटआउट फुटवल प्रतियोगिता गर्दै

धनगढी युवा क्लव धनगढी उपमहानगरपालिका ८ले पेलान्टी सुटआउट फुटवल प्रतियोगिता गर्ने भएको छ ।
धनगढी युवा क्लवले बिहिबार आफ्नै क्लवको भवनमा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराएको हो ।

कार्तिक ८ गते गरिने पेलान्टी सुटआउट फुटवल प्रतियोगिता दशै र तिहारको उपलक्ष्यमा गरिएको जानकारी क्लवका अध्यक्ष मोहन ओझाले जानकारी दिए । पछिल्लो समयमा धनगढीमा पेलान्टी सुटआउट फुटवलमा क्रेज बढिरहेका युवाहरुलाई चाडपर्बका बेला अन्य कुलतमा लाग्नुभन्दा खेलकुदमा आकर्षित गराउनका लागि क्लवले खुला क्लव स्तरिय फुटवल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष ओझाले जानकारी दिए ।

प्रतियोगितामा विजेताले ५५ हजार पाँच सय नगद पुरस्कार सहित ट्रफी, मेडल, प्रमाणपत्र र उपविजेताले २७ हजार पाँच सय नगद पुरस्कार सहित ट्रफी, मेडल, प्रमाणपत्र पाउने छन् । त्यस्तै सार्वाधिक गोलकर्ताले रु एक हजार पाँच सय नगद सहित ट्रफी, प्रमाणपत्र र उत्कृष्ट गोलरक्षकले पनि रु एक हजार पाँच सय नगद सहित ट्रफी र प्रमाणपत्र पाउने आयोजक धनगढी युवा क्लवले जानकारी दिएको छ ।

प्रतियोगितामा सहभागिता जनाउने क्लवले तिन हजार नगद प्रबेश शुल्क र ६ जना खेलाडीको नाम दर्ता गराउनुपर्ने छ । प्रतियोगिताबाट आम्दानी भएको रकम क्लवकै खेल मैदानलाई स्तरोउन्ती गर्ने क्लवका अध्यक्ष मोहन ओझाले जानकारी दिए ।

प्रतियोगिता बारे थप जानकारी ।

Sharing is caring!

Latest News

अस्त बेस्त यातायात व्यवस्था कार्यालय डेढ महिनादेखि प्रमुखविहीन
बिहीबार, आश्विन ३० १०:२०
वालवाललिकालाई सहयोग बडिमालिका ट्रेडिङ ईन्टरप्राईजेका प्रबन्ध निर्देशक राजेन्द्र खत्रीद्वारा (फोटो फिचर)
बिहीबार, आश्विन ३० १०:२०