१८ बैशाख २०८३, शुक्रबार
मंगलवार, कार्तिक ५ १४:५७

दुर्गेशले हटाए युटुवबाट ‘ह्याप्पी तिहार, चिसो बियर’पक्राउ पछि

पछिल्लो समय विवादमा तानिएका गायक दुर्गेश थापाले ’ह्याप्पी तिहार, चिसो बीयर’ बोलको गीत युट्युबबाट हटाएका छन् ।

तिहारलाई लक्षित गरी उनले गाएको उक्त गीतमा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने अंश कानूनी रूपमा विवादमा तानिएको थियो ।

कानूनी रूपमा प्रतिबन्धित गाँजा खानुपर्छ भन्दै गीत गाएपछि दुर्गेशविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो ।

उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकूल थापाले बताए ।

थापा पक्राउ परेको केहीबेरमा युट्युब चेक गर्दा उक्त भिडियो हटाइसकेको पाइएको छ।

Sharing is caring!

Latest News

धनगढीका सामुदायीक विद्यालयका छात्राहलाई निःशुल्क सेनिटरी प्याड बितरण गरिने ।
मंगलवार, कार्तिक ५ १४:५७
धनगढीमा कार्तिक १६ गतेबाट एलपीएल क्रिकेट प्रतियोगिताको हुने,तयारी तीव्र
मंगलवार, कार्तिक ५ १४:५७