१२ असार २०८३, शुक्रबार
भारतीय पर्यटकलाई सिमामा स्वागत
शुक्रबार, पुष १८ १७:१६

भारतीय पर्यटकलाई सिमामा स्वागत


धनगढी,
लायन्स क्लव अफ धनगढी ग्रिन सिटिले त्रिनगर भन्सार नाकामा भारतिय पर्यटकलाई स्वागत गरेको छ ।
भारतबाट नेपाल भ्रमणका लागि आएका लायन्स क्लब आफ लखिमपुर खिरिका पदाधिकारीलाई गौरीफन्टा भन्सारमा भब्य स्वागत गरेको हो । उनिहरुलाई धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्ट,लायन्स क्लव अफ धनगढी ग्रिन सिटिका पदाधिकारी, कैलाली उद्योग बाणिज्य सघका बरीष्ट उपाध्यक्ष पुस्करराज ओझाले संयूक्त रुपमा नेपाली ढाका टोपी, खादा ओढाएर स्वागत गरेका हुन । उप–प्रमुख भट्टले नेपाल र भारतको सम्वन्ध निकै पुरानो भएको बताईन । नेपाल र भारतको धार्मिक, संस्कृतीक सम्वन्ध परापूर्व कालदेखि नै रहिआएको छ उप–प्रमुख भट्टले भनिन्, त्यसैले यहाँका धार्मिक तथा पर्यटकिय स्थलहरुको भ्रमणबाट भारतीय पर्यटकले धेरै कुरा सिक्न सक्दछन् ।
भारतबाट नेपाल भ्रमणका आएकाहरुले कैलालीका बिभिन्न पर्यटकिय स्थलका साथै डडेल्धुराको पर्शुराम धाम र पहाडि जिल्लामा परेको हिमपातको अवबलोकन गर्ने लायन्स क्लव अफ धनगढी ग्रिन सिटिका अध्यक्ष गोबिन्द खतिवडाले जानकारी दिए । टोली शुक्रवार कैलालीको खानीडाडा बास बस्ने र त्यहाँबाट डडेल्धुराका लागि हिड्ने बताईएको छ ।

Sharing is caring!

Latest News

वडा नम्बर ३ का अध्यक्ष ऐरले दृष्टी फाउन्डेशनमा जन्मदिन मनाए
शुक्रबार, पुष १८ १७:१६
पत्थरमा प्राण खोज्दै दुई दाजु भाई
शुक्रबार, पुष १८ १७:१६