मानवअधिकार सम्बन्धी सचेतीकरण तालिमसम्पन्न
धनगढी , एफएमडिसी, विकास र परिवर्तनकालागी संचारको आयोजनामासिमान्तकृत समुदाय, दलित र अल्पसंख्यकहरुलाई दुई दिने मानवअधिकार सम्बन्धी सचेतीकरण तालिममंगलबार धनगढीमा सम्पन्नभएको छ ।
एफएमडिसीका कार्यकारी निर्देशकउमिदबागचन्दले गौरीगंगानगरपालिकालाई एक बर्ष भित्रमानवअधिकार मैत्रीनगरपालिकाबनाउने उदेश्यले गौरीगंगाकासिमान्तकृत समुदाय, दलित र अल्पसंख्यकहरुलाई तालिमदिईएको बताए ।
तालिममामहिलाअधिकार,महिलाअधिकारका सम्बन्धीभएकाबिश्व सम्मेलनतथामहिला बिरुद्ध हुने सबै प्रकारका भेदभाबउन्मुलनगर्ने सम्बन्धीमहासन्धी १९७९, सबै किसिमकाजातिय भेदभाबउन्मुलनगर्ने सम्बन्धीमहासन्धी १९६५ रदलितकाअधिकारबारे मानवअधिकार आयोग सुदुरपश्चिमप्रदेश कार्यालय धनगढीका निमित्तकार्यालय प्रमुखधनराजशाहीले प्रशिक्षण गरे । साथै उनले नेपालको सबिधानमाभएकामौलिकहरुको ब्यबस्था, मौलिकहककार्यान्वयनको अबस्था र कर्तब्यतथाअन्तराष्ट्रिय श्रम संगठन १६९बारे पनिप्रशिक्षण गराए ।
सुदूरपश्चिम समाजकाकार्यक्रम संयोजक राजु लामाले तेश्रो लिङ्गीको परिचय, अबस्था र चुनौतीबारे स्ष्ट पारे ।

तालिममासहभागीभएकीकोपिलाबिकले बिगतमाआफ्नो हक र अधिकार बारे थाहानभएको तालिमकाकारण आफ्नाहकअधिकार बारे थाहापाएको बताईन् ।
सहभागीहरुले तालिममासिकेका कुराहरु आफ्नो व्यवहारमालागु गरी समाजमापनिसिकाउने बताए ।
कार्यक्रममा एफएमडीसीका उपाध्यक्षनिर्मलाबागचन्द, कार्यक्रम संयोजकगोबिन्दनारायण उपाध्यायले मानवअधिकार, महिलाअधिकार बारे थप स्पष्ट पारेकाथिए ।
तालिमपश्चात सहभागीहरुले म महिलाहरुलाई परेको समस्यामाबोल्छु, म छाउपडी, जातियबिभेद मान्दिन, म लैगिकअल्पसंख्यकहरुलाई सहयोग गर्छु भन्दै सामुहिक प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रमपारस्परिक जवाफदेहीता ः मानवअधिकार सुदृढीकरण परियोजनाअन्र्तगतमाघ ६ र ७गते भएको हो ।
