१२ असार २०८३, शुक्रबार
धनगढी विकास सम्मेलन सम्पन्न योजना वद्ध विकासका लागि प्रोजेक्ट बैंकको तयारी
सोमबार, फाल्गुन १९ ०७:३७

धनगढी विकास सम्मेलन सम्पन्न योजना वद्ध विकासका लागि प्रोजेक्ट बैंकको तयारी



धनगढी,

धनगढी उपमहानगरपालिकाले आयोजना गरेको विकास सम्मेलनआईतबार धनगढीमा सम्पन्नभएको छ ।
विकास सम्मेलनले धनगढी उप–महानगरपालिकाले प्राथमिकिकरण गरिएका बिषयहरुमा कार्यपत्र प्रस्तुत गरिएका थिए । प्यानल छलफल र सहभागिहरुको सुझावलिएर कार्यपत्रहरुलाई पूर्णता दिईएको थियो । सम्मेलनबाट आएका सुझाव र कार्यपत्रलाई आधार बनाएर बिश्लेषण सहितको प्रतिवेदन तयार गर्ने र सोही कुरालाइृ समेटेर प्रोजेक्ट बैंक तयार गर्न सम्मेलनले सुझावदिएको छ ।
सम्मेलनमा भूषण बिष्टले सूचनाप्रविधीका माध्यमबाट नागरिकलाई दिने सोवालाई कसरी सुदृढीकरण गर्न सकिन्छ भन्ने बिषयमा कार्यक्रम प्रस्तुत गरेका थिए । बिनोद उपाध्यायले धनगढीको शुसासनलाई कसरी सुदृढीकरण गर्न सकिन्छ भन्ने बिषयमाकार्यपत्र प्रस्तुत गरेकाथिए । त्यसैगरी नारायण खनालले धनगढीलाई दिगो र बस्न योग्य कसरी बनाउन सकिन्छ भन्ने बिषयमाकार्यपत्र प्रस्तुत गरेकाथिए । त्यसैगरी डाक्टर ढुण्डीराज पाठकले फोहर ब्यबस्थापन सम्वन्धी, डाक्टर राजेन्द्रबिर चन्दले र डाक्टर नारायण प्रसादपासकोटाले स्थानीयतहको आर्थिक अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
धनगढी विकास सम्मेलन धनगढीको विकासका लागि कोषेढुंगा हुने राष्ट्रिय योजनाआयोगका सदस्य सुशील भट्टले बताए । स्थानीयतहले गरेको यो पहिलो प्रयास हो उनले भने, यसले धनगढी उप–महानगरपालिकालाई मार्ग दर्शन गर्ने छ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले सम्मेलनले दिएको म्यान्डेटका आधारमा प्रोजेक्ट बैंक बनाउने बताए । यसलाई कार्यपालिका मार्फत नगरसभामा लगिने छ नगरप्रमुख वडले भने, आवश्यक परेमा कानुन समेत बनाएर अगाडी बढीने छ । यसैलाई टेकेर नगरले छोटो तथालामो समयका योजना बनाउने नगर प्रमुख वडले बताए ।
धनगढी उप–महानगरपालिकाकाउप–प्रमुख सुशीला मिश्रभट्टले धनगढीका लागि विकास सम्मेलन पहिलो अभ्यास भएको बताईन । उनले भनिन् , यस सम्मेलनले हामीलाई दिशानिर्देश गरेको छ त्यसैकाआधारमा अगाडी बढ्ने छौं ।सुदूरपश्चिम विश्वविद्यालयकापूर्व राजिष्टार डाक्टर हेमराजपन्तले धनगढीले गरेको विकास सम्मेलन ऐतिहासिक भएको बताए । उनले भने ,यसले धनगढी उप–महानगरपालिकालाई कसरी अगाडी बढ्ने भनेर निर्देशीत गरेको छ । कार्यक्रममा सामाजिक, आर्थिक, वातावरण, उद्योग, पर्यटनका साथै राष्ट्रिय अन्तराष्ट्रिय गैरसरकारी संस्थाकाप्रतिनिधीहरुको उपस्थीति रहेको थियो ।

Sharing is caring!

Latest News

अछाममा फोटो पत्रकार महासंघ गठन, अध्यक्षमा कुवँर र्निविरोध र्निवाचित
सोमबार, फाल्गुन १९ ०७:३७
सनराइज बैकं र बेल्स क्याफे १० प्रतिशत छुटको सम्झौता
सोमबार, फाल्गुन १९ ०७:३७