कोरना भाईरसका बिरुद्द नेकपा गोदावरी नगरकमिटीद्वारा जनपक्षिय अभियान चलाईने
कैलाली,
सरकारले चैत्र ११ गते देखि लागु हुने गरी गरेको लकडाउनको आज छैटौं दिन आज पनि अत्तरियाका पुरै बजार क्षेत्र सुनसान बनेका छन् । अन्य दिन बिहानैवाट चहलपहल सुरु हुने सुदूरपश्चिम प्रदेशका प्रमुख शहरहरु लकडाउन लागू भएपछि सुनसान बनेका हुन् ।
लकडाउनका कारण सुदुरपश्चिमका कतिपय ठाउँमा सामान्य दैनिक रुपमा ज्याला मजदुरी गरेर खाने परिवारहरुको जनजिबन प्रभाबित बन्दै गएको छ ।सोही अवस्थालाई मध्यनजर गर्दै नेकपा गोदावरी नगरकमिटीले लकडाउनका कारण मारमा परेका दैनिक ज्याला मजदुरी गरी खाने बर्गलाई सहयोग पुर्याउने उदेश्यले ’कोरना भाईरसका बिरुद्दको जनपक्षिय अभियान’ सुरु गरेको छ ।
सो अभियानको लागी नगरकमिटी अध्यक्ष गोकर्ण भट्टको संयोजकत्वमा १०१ सदस्य रहने गरी कमिटी बनाईएको र कमिटीमा सबै नगरकमिटीका सदस्यहरु, पार्टीका भात्री संगठनका नगर संयोजकहरु सदस्यका रुपमा रहने नगरकमिटीका सचिब आनन्द भट्टले जानकारी दिनुभयो । उहाँले अभियान मार्फत राहत कोष स्थापना गर्ने र सो कोषबाट दैनिक ज्यालादारी गरि खाने मजदुर अपांग र निम्न बर्गका ब्यक्तीहरुलाई सहयोग गरिने समेत बताउनुभयो ।
