११ असार २०८३, बिहीबार
भारतमा रहेका नागरिकहरुले कैलालीको मोहन्याल गाउपालिका ६,७मा मास्क र साबुन बितरण
शुक्रबार, चैत्र २८ २२:२५

भारतमा रहेका नागरिकहरुले कैलालीको मोहन्याल गाउपालिका ६,७मा मास्क र साबुन बितरण

विष्णु जोशी,  । कैलालीको मोहन्याल गाउँपालिकामा युवाहरूले मास्क र साबुन वितरण गरेका छन् । गाउँपालिकाको मोहन्याल गतिशिल युवा समाजले मास्क र साबुन वितरण गरेको हो । समाजका उपाध्यक्ष मान सिंह बि सिका अनुसार विभिन्न गरिब तथा कमजोर परिवारलाई ५ सय वटा हात धुने साबुन र मास्क निःशुल्क वितरण गरिएको हो ।

समाजका सदस्यहरुले उनीहरूलाई हात धुने तरिका समेत सिकाएका थिए । यस कार्यलाई सहजता पुर्वक सफल गर्न विशेष गरि मनोज साउद, केशब माझि क्षेत्रि, पदम बि क, दिपेन्द्र शाही , सागर रावल, डिल्ली ढकाल लगायतले सहयोग गरेका थिए । आफू पनि बचौ र अरुलाई नि बचाऔ भन्ने उदेश्यका साथ मास्क र साबुन वितरण गरिएको समाजका सदस्य मिलन बिष्टले बताएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) बाट बच्नका लागि मास्क लगाउने तथा साबुनपानीले हात धुनु पर्ने भएकोले गाउँमा पुगेर सामग्री वितरण गरिएको क्लबका अध्यक्ष जनक शाहीले बताएका छन् । क्लबका कोषाध्यक्ष गोपिराम जैसीका अनुसार गाउँमा जनचेतना फलाउने काम भइरहेको छ । मोहन्याल गतिशिल युवा समाजले गाउँपालिकाको वडा नम्बर ६ र ७ मा पुगेर मास्क र साबुन वितरण गरेका थिए ।

Sharing is caring!

Latest News

डेढ घण्टा पनि टिकेन सरकारको निर्णय, भोलि र पर्सि उपत्यका बाहिर जान नदिइने
शुक्रबार, चैत्र २८ २२:२५
शुक्रबार, चैत्र २८ २२:२५