२० बैशाख २०८३, आईतवार
मन्त्री बिना मगरद्वारा  कञ्चनपुरका स्थानीय तहलाई  स्वास्थ्य सामग्री सहयोग
बुधबार, बैशाख १० १२:४९

मन्त्री बिना मगरद्वारा कञ्चनपुरका स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग

कञ्चनपुर, । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारका खानेपानी मन्त्री बीना मगरको व्यक्तिगत सहयोगमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ का चारवटा स्थानीय तहलाई केही थप स्वास्थ्य सामग्री प्रदान गरिएको छ । खानेपानी मन्त्री मगरका स्वकीय सचिव दिपक तिमिल्सेनाले बेलौरी नगरपालिकालाई सेनिटाईजर ६० थान र इन्फ्रारेड थर्मोमिटर ३ थान सहयोग स्वरूप हस्तान्तरण गर्नु भएको नगर प्रवक्ता विनोद नेपालीले जानकारी दिनुभएको छ ।

खानेपानी मन्त्री मगरका स्वकीय सचिव दिपक तिमिल्सेनाका अनुसार मंगलबार नै पुनर्वास नगरपालिका तथा बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिकालाई समेत स्वास्थ्य सामग्री प्रदान गरिएको छ । पुनर्वास नगरपालिकालाई पनि सेनिटाईजर ६० थान र इन्फ्रारेड थर्मोमिटर ३ थान उपलब्ध गराइएको छ भने बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिकालाई समान चालिस-चालिस थान सेनिटाईजर र दुई-दुई थान इन्फ्रारेड थर्मोमिटर उपलब्ध गराइएको उहाँको भनाइ छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहनु भएका खानेपानी मन्त्री बिना मगरले आफ्नो व्यक्तिगत तर्फबाट कञ्चनपुर क्षेत्र नम्बर १ का चारवटै स्थानीय तह (बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिका) मा पच्चीस-पच्चीस क्विन्टलका दरले जम्मा एक सय क्विन्टल चामल र थुप्रै स्वास्थ्य सहायता सामग्री सहयोग स्वरूप उपलब्ध गराउनु भएको थियो । 

Sharing is caring!

Latest News

कोरोनाका कारण मिर्त्यु भएका बुबाको अन्तिम संस्कारमा छोराले आउन नसक्ने बताए पछि।
बुधबार, बैशाख १० १२:४९
अछाममा एक जनामा कोरोना सङ्क्रमण
बुधबार, बैशाख १० १२:४९