२० बैशाख २०८३, आईतवार
संगम बचत तथा ऋण सहकारी संस्थाद्वारा धनगढी उप महानगरपालिकालाई एक लाख सहयोग
बुधबार, बैशाख १० १६:०३

संगम बचत तथा ऋण सहकारी संस्थाद्वारा धनगढी उप महानगरपालिकालाई एक लाख सहयोग

कैलाली, १० बैशाख ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा न्युनीकरणका लागि सरकारले जारी गरेको बन्दाबन्दी (लक डाउन) का कारण अतिविपन्न तथा दैनिक ज्याला मजदुरी गर्ने समुदाय बढी मर्कामा परेका छन् । यस अवधिमा कैलालीको धनगढी उपमहानगरपालिकाले पनि राहतका लागि विपद् व्यवस्थापन कोष स्थापना गरेको छ । उक्त विपद् व्यवस्थापन कोषमा विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग गर्ने क्रम जारी रहेको छ ।

यसैबीच, बुधबार धनगढीमा रहेको संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले धनगढी उपमहानगरपालिकालाई रु. १ लाख रुपैयाँ सहयोग गरेको छ । संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नरेश बिष्टले धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडलाई रु. १ लाखको चेक हस्तान्तरण गर्नुभएको हो । यसअघि, उक्त सहकारी संस्थाले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा १० क्विन्टल चामल सहित विभिन्न खाद्य सामग्री वितरण गरेको थियो ।

वर्तमान अवस्थामा अतिविपन्न, गरीब तथा दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई पर्न सक्ने अप्ठ्यारोलाई मध्यनजर गरी साँझ बिहान छाक टार्न गाह्रो भएका परिवारका लागि राहत वितरण गर्न संस्था केन्द्रित रहेको संस्थाका अध्यक्ष बिष्टले बताउनु भयो ।

Sharing is caring!

Latest News

अछाममा एक जनामा कोरोना सङ्क्रमण
बुधबार, बैशाख १० १६:०३
अर्घाखाचीबाट फर्किएका कैलालीका एक युवकमा कोरोना पोजेटिभ देखियो
बुधबार, बैशाख १० १६:०३