शुक्रबार, बैशाख १२ ०९:२६
क्षितिज बोर्डिङ स्कुल मसुरिया का सञ्चालक कृष्ण भुसाल मृत अवस्था मा फेला
धनगढी बैशाख १२/कैलालीको पहलवानपुर बाट १ किलोमिटर अगाडि ससस्त्र प्रहरी क्याम्प नजिकै क्षितिज बोर्डिङ स्कुल मसुरिया का सञ्चालक कृष्ण भुसाल मृत अवस्था मा फेला परेका छन । गौरिगङ्गा नगरपालिका वडा नम्वर ९ बस्ने ४० बर्षिया भुसाल घोडाघोडी नगरपािलका १० पहलवानपुर को जङ्गल मा मिर्त फेला परेको प्रहरी ले जनाएको छ।
पहलवानपुर बाट साईकलमा घर फर्किदै गरेका उनको हिजो राति १०:३० बजे सशस्त्र प्रहरीको पोष्ट नजिकै शबफेलापरे पछि स्थानियले प्रहरीलाई जानकारि गरेका थिए । मृतकको शरिरका धेरै ठाउँमा चोट पटक देखिएकाले हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धान बाट देखिएको छ। घटनाबारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सुखडमा ले जनाएको छ
