धनगढी उप–महानगरपालिकाले राहत बितरण गर्योको कुहिएको चामल प्रकरणमा रश्मी ट्रेडको संग्लनता गल्ती स्वीकार
धनगढी : धनगढीमा कुहिएको चामल वितरण प्रकरणमा रश्मी ट्रेडले आफ्नो संग्लनता रहेको स्विकार गरेको छ। आज रश्मि ट्रेडका सञ्चालक ओम प्रकाश अग्रवालले विज्ञप्ती जारी गर्दै किरा परेको चामल प्रकरणमा आफ्नो संग्लनता रहेको स्विकार गरेको हो।
‘चामल आपूर्तिकर्ता ठाकुर ट्रेड लिंकको नाममा अनर्गल प्रचार गरिदै आईएकोमा सो काममा हाम्रो पनि संग्लनता रहेको र हाम्रोबाट गल्ती र कमीकमजोरीका कारण चामल आपूर्तिकर्ता र धनगढी उप–महानगरपालिकालाई असर परेको हो।’ जारी विज्ञप्तीमा भनिएको छ।

ठाकुर ट्रेडसंगै रश्मी ट्रेड कन्सर्नले पनि आधा चामल आपूर्तिकर्ता गर्नका लागि मौखिम जिम्मा पाएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ। विज्ञप्तीमा किरा परेको एक सय ८५ क्वीन्टल चामल आफ्नो रहेको समेत रश्मी ट्रेडले स्विकार गरेको छ।
धनगढी उप–महानगरपालिकाले दुई करोड ६१ लाखमा तीन हजार तीन सय सात क्वीन्टल चामल सहित अन्य राहत सामाग्री खरिदका लागि ठेक्का आह्वान गरेकोमा ठाकुर ट्रेडले ठेक्का पाएको थियो।
