२० बैशाख २०८३, आईतवार
चलचित्र विकास बोर्ड अध्यक्षमा दयाराम दाहाल
बिहीबार, जेष्ठ २२ २१:४९

चलचित्र विकास बोर्ड अध्यक्षमा दयाराम दाहाल

चलचित्र विकास बोर्डका सदस्य तथा फिल्म लेखक, निर्देशक तथा गीतकार दयाराम दाहाल अध्यक्षमा नियुक्त भएका छन्।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले हाल बोर्डको सदस्य रहेका दाहाललाई बोर्ड रिक्त अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको मन्त्रीपरिषद स्रोतले जानकारी गराएको छ।

बोर्ड अध्यक्ष बन्नका लागि दशजनाले आवेदन दिए पनि दयारामसहित ३ जनाको नाम मन्त्री परिषदमा पुगेको थियो।

मन्त्री परिषद्मा फिल्म अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी, सांस्कृति संस्थानका पूर्व महाप्रवन्धक राजेश थापा र दाहालको नाम सिफारिश भएको थियो। मन्त्री परिषद्ले ३ जनामध्ये दयारामलाई बोर्ड अध्यक्षका लागि योग्य ठह-याउँदै नियुक्त गर्ने निर्णय गरेको हो।

न्युज अफ नेपाल,काठमाडौं ।

Sharing is caring!

Latest News

डोटेली भाषाको चलचित्र नन्दीको ‘साईबउ’गीत बजारमा (भिडियो सहित)
बिहीबार, जेष्ठ २२ २१:४९
रोयल कोलाबोरेटिभ्सले ४०७० जनालाई यो झरीमा खाना खुवायो
बिहीबार, जेष्ठ २२ २१:४९