१९ बैशाख २०८३, शनिबार
बिहीबार, श्रावण २ २०:४१

धनगढीस्थित शहीद गेट नजिक निलम होटलमा विष्फोटमा पाँच जना गम्भीर घाइते

कैलालीको धनगढीस्थित शहीद गेट नजिक निलम होटलमा भएको विष्फोटमा पाँच जना गम्भीर घाइते भएका छन् । धनगढीको शहिद गेट नजिकैको निलम होटलमा भएको विस्फोटमा परी घाईते हुने होटल सञ्चालक केशवराज पाण्डे, बझाङ घर भएका राम सिह रहेका छन्। यस्तै अन्य घाईतेमा जितेन्द्र यादव, मोविन खान  र लक्ष्मण सेरेला रहेको वडा प्रहरी कार्यालयका प्रहरी नीरिक्षक पुष्कर पन्तले बताए।

उनीहरुको ठेगना भने खुल्न सकेको छैन्। सबैको अवस्था गम्भीर रहेको उनले बताए। घटना स्थलमा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले घटना स्थलमा शंकास्पद वस्तु फेला परेको जानकारी दिए।

उनले पेस्तोल फेला परेको कुरा पुष्टि गर्दै सक्कली वा नक्कली के हो भन्ने नखुलेको बताए। सुरुमा सिलिण्डर विस्फोट भएको आशंका गरिएपनि घटना स्थलको प्रकृति हेर्दा सिलिण्डर विस्फोट नभएको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए। घटनाको अनुसन्धान भइरहेको उनले बताए।     

Sharing is caring!

Latest News

गायिका मञ्जु पौडेल र गायक सन्तु थापाको ‘तीज ब्याटल’ सार्वजनिक
बिहीबार, श्रावण २ २०:४१
धनगढी विस्फोटमा गम्भीर घाइते राम सिंहको मृत्यु
बिहीबार, श्रावण २ २०:४१