जन्मदिनको अवसरमा समाजसेवी जोशीद्वारा विपन्न मजदुर परिवारलाई खाद्यान्न सहयोग
धनगढी,
साइन नेपाल धनगढीकाका अध्यक्ष तथा समाजसेवी भक्तराज जोशीले आफ्नो जन्मदिनको अबसरमा लकडाउनबाट प्रभावित ज्यालादारी मजदुरका लागि खाद्यान्न सहयोग गर्नुभएको छ ।
शुक्रबार जोशीले लकडाउनका कारण अप्ठ्यारोमा परेका विपन्न मजदुर परिवारका लागि ४७ औं जन्मदिनको अवसरमा सहयोग गरेका हुन ।

धनगढी उप महानगरपालिका वडा नम्वार २ पुरानो भन्सार रोडमा २८ बिपन्न परिवारलाई प्रती परिवार २५ के. जि. मेघा चामल, तीन किलो दाल, १ लिटर तोरीको तेल र १ पाकेट नुन यो बिपत्तिको समयमा राहत बितरण गर्नु भएको हो ।
समाजसेवी जोशीले हरेक वर्ष आफ्नो जन्मदिन मनाउँदा यसरी नै अप्ठ्यारोमा परेका विपन्न ,दृस्टी बिहिन , अपाङ्ग र आसयहरुलाई सहयोग गर्दै आएको बताए।

यस अघि पनि समाजसेवी जोशीले कोरोना कहर एभिन्युज पहल मार्फत विपन्न मजदुर परिवारलाई खाद्यान्न राहत वितरण गर्नु भएमो हो ।
जन्मदिनको अवसरमा लकडाउनका कारण अप्ठ्यारोमा परेका विपन्न मजदुर परिवारका लागि सहयोग गर्नुभएकोमा समाजसेवी कमला गुरुङ र धर्मराज ओझाले धन्यावाद दिनुभयो । आफ्नो वडा जनताले भोकै बस्नु पर्ने दिन आउन नदिने बताए । साथै समाजसेवीहरुले जोशीलाई जन्मदिनको शुभकामना पनि दिए ।
समाजसेवी कमला गुरुङ र धर्मराज ओझाको पहलमा लकडाउनबाट प्रभावित ज्यालादारी गरी खाने विपन्न परिवारका मजदुर खाद्यान्न सहयोग भएको हो ।
