३१ असार २०८३, बुधबार
डोटीका कृषकलाई फलफूलका बोटबिरुवा वितरण
मंगलवार, असार ३० २०:४१

डोटीका कृषकलाई फलफूलका बोटबिरुवा वितरण

मानवीय सेवामा अनेकौं प्रयास नामक संस्थाले फलफूलको बोटबिरुवा वितरण सुरु गरेको हो। कृषकहरुको समस्यालालाई मध्यनजर गर्दै सो संस्थाले बोटबिरुवा वितरण गरेको हो। डोटीमा कृषकहरुलाई व्यवसाय तर्फ आकर्षित गर्न एक संस्थाले ५ हजार बोटबिरुवा वितरण गरेको छ।

जिल्लाका शिखर नगरपालिका र पुर्बी चौकीगाउँ पालिकाका कृषकहरुलाई वितरण गरेको जनाएको छ। शिखर नगर पालिकाका फलफूलका बोटाहरु उप प्रमुख धौली देबि रावललाई हस्तान्तरण गरेको संस्थाका अध्यक्ष भत्तराज जोशीले जानकारी दिए । हस्तान्तरण कार्यक्रममा बोल्दै उप (प्रमुख रावलले संस्थाले गरेको कार्य कृषकहरुको लागि उदाहरणीय रहेको बताउदै,आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता लागी जोड गरे।

हस्तान्तरण गरेका फलफूलका बोटाहरु नगर भित्रका पाँच वटा समुहका १४० जना कृषकहरुलाई प्रती ब्यक्ति १० बोटा आँप र १० बोटा लिची वितरण गरेको उप प्रमुख रावलले जानकारी दिइन् ।

त्यस्तै पुर्बी चौकी गाउँपालिकाको वडा ३ का वडा अध्यक्ष अम्मर बहादुर चयडालाई हस्तान्तरण गरेको जनाएको छ। हस्तान्तरण कार्यक्रम बोल्दै अध्यक्ष चयडाले बोटविरुवा रोप्नको लागि यो उपयुक्त महिना रहेको बताउदै , वितरण गरेका बोटाहरु संरक्षण गर्न समेत कृषकहरुलाई सुझाए। पुर्बी चौकीगाउँ पालिकाको वडा नम्बर ३ का ११० जना कृषकलाई प्रती ब्यक्ती बीस बोट वितरण गरिएको जनाएको छ। वडालाई ४०० र४००सय वोट आँप, लिची र ७०० र७०० सय वोट कागती र चुकका वोटा वडालाई हस्तान्तरण गरेको संस्थाका अध्यक्ष जोशीले जानकारी दिए।

ठाउँअनुसार फलफूलको पकेट क्षेत्रका रुपमा विकास गरेर फलफूलमा आत्मनिर्भर बनाउने उद्देश्य रहेको केयर एण्ड रिलिफ परियोजनाको कार्यक्रम अन्तर्गत विभिन्न प्रजातिका बोट बिरुवा वितरण गरेको अध्यक्ष जोशीले जानकारी दिए।

Sharing is caring!

धनगढीको वडा नं १७ लाई आँपगाउँ बनाउने अभियान
मंगलवार, असार ३० २०:४१
डडेल्धुरा लकडाउनबाट प्रभावित गर्भवती महिलालाई पौस्टिक आहार वितरण
मंगलवार, असार ३० २०:४१