१९ बैशाख २०८३, शनिबार
सेती प्रादेशीक अस्पताललाई लाईन्स क्लवअफ ईन्टरनेशनल द्वारा भिटिएम सहयोग
बिहीबार, श्रावण १ २१:१९

सेती प्रादेशीक अस्पताललाई लाईन्स क्लवअफ ईन्टरनेशनल द्वारा भिटिएम सहयोग

लाईन्स क्लवअफ ईन्टरनेशनलले कोरोना परीक्षणका लागि भन्दै सेती प्रादेशीक अस्पताललाई भिटिएम किट उपलब्ध गराएको छ ।

प्रदेश सरकारले भिटिएम किटको ब्यबस्था गर्न नसकिरहेको अवस्थामा लाईन्स क्लवअफ ईन्टरनेशनलले १ हजार ६ सय थान किट उपलब्ध गराएको हो । लाईन्स क्लवअफ ईन्टरनेशनल धनगढीका अध्यक्ष सिपी चन्दले धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड मार्फत अस्पताल ब्यबस्थापन समितिलाई किट हस्तान्तरण गरेका हुन ।

नगरप्रमुख वडले प्रदेश सरकारले पिसिआर किट उपलब्ध गराउन नसकिरहेको अवस्थामा लाईन्स क्लवले गरेको सहयोग प्रशंसनीय भएको बताए । जहाँ अप्ठेरो छ त्यहाँ लाईन्स क्लव मैले भेटाएको छु नगरप्रमुख वडले भने, यस्तो असहज अवस्थामा पनि ठूलो मात्रामा किट उपलब्ध गराएर गुन लगाएको छ ।

Sharing is caring!

Latest News

डडेल्धुरा लकडाउनबाट प्रभावित गर्भवती महिलालाई पौस्टिक आहार वितरण
बिहीबार, श्रावण १ २१:१९
भारत सरकारले मिचेको भुमी फिर्ता गर्न आगथ्रह गर्दै : गायक शेर बहादुर मयालु (भिडियो सहित)
बिहीबार, श्रावण १ २१:१९