१९ बैशाख २०८३, शनिबार
शुक्रबार, श्रावण ३ ०८:३५

दारी ग्याङ्ग धनगढी बिपद् व्यवस्थापनका लागी तयार

दारी ग्याङ्ग धनगढीको आयोजना र नेपाल रेडक्रस सोसाइटी कैलालीको सहकार्यमा आयोजना गरिएको विपद ब्यवस्थापन तथा जोखिम न्यूनिकरण सम्बन्धी दुइ दिने प्रशिक्षण तालिम शुक्रबार समापन गरिएको छ ।
बुधबार र बिहिबार भएको तालिममा बर्षायाम लागे संगै बाढि,पहिरो,लगायत विभिन्न किसिमका प्राकृतिक प्रकोपमा उद्दार तथा सहयोग कसरी गर्ने भनेर प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको दारी ग्याङ्ग धनगढीका संयोजक दिनेश बोहराले जानकारी दिए ।

विपद ब्यवस्थापन तथा जोखिम न्यूनिकरण सम्बन्धी दुइ दिने प्रशिक्षण तालिम
तालिम लिए संगै दारी ग्याङ धनगढीको विपद् व्यवस्थापन तथा सहयोग टिम निर्माण गरेको र बिपदका बेला जुनसुकै बेला पनि साथ र सहयोग गर्न तयार रहेको दारी ग्याङ्ग धनगढीका सदस्य चुडामणी दाहालले बताए ।
जिल्ला रेडक्रस सोसाइटी बिपद् व्यवस्थापन शाखा र सुचना विभागका अधिकृत चेतन खड्काले प्रशिक्षण गरका थिए ।

Sharing is caring!

Latest News

धनगढी विस्फोटमा गम्भीर घाइते राम सिंहको मृत्यु
शुक्रबार, श्रावण ३ ०८:३५
गायक गोविन्द ढकालको बैँस जोवन उर्ली आयो, भयो काँ जाऊँ काँ जाऊँ’ बोलको गीत
शुक्रबार, श्रावण ३ ०८:३५