१८ बैशाख २०८३, शुक्रबार
सुदूरपश्चिमका दुई नाकाबाट मात्रै भारतबाट नेपाल आउन पाइने
मंगलवार, श्रावण २७ २०:४७

सुदूरपश्चिमका दुई नाकाबाट मात्रै भारतबाट नेपाल आउन पाइने

धनगढी, सरकारले १० वटा नाकाबाट मात्रै नेपाल आउन पाइने बताएको छ।स्वदेश आउनै पर्ने नेपालीलाई स्थलमार्गबाट आउन यसअघि २० नाकाबाट प्रवेश दिइएकोमा अबदेखि १० नाकाबाट मात्रै नेपाल भित्रन दिइने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए। उनका अनुसार काकँडभिट्टा, रानी, माडर, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकीबाट मात्रै नेपाल आउन पाइनेछ । मन्त्रिपरिषदले गरेको यो निर्णय राजपत्रमा प्रकाशित भएपछि लागू हुने उनले बताए।

यसअघि जेठ १२ को निर्णयमा २० नाकाबाट नेपाल प्रवेश गर्न सकिने निर्णय गरिएको थियो। त्यसमा मन्त्रिपरिषदले संशोधन गर्दै १० नाकामा झारेको हो।
सीमा नाका भने भदौ ३१ गते बुधबारसम्म बन्द गर्ने निर्णय मन्त्रिपरिषदले गरेको खतिवडाले बताए। मालसामान ढुवानी र जोखिममा रहेका नेपालीलाई नाकाबाट आउन दिने उनले बताए।

Sharing is caring!

Latest News

बडिमालिका दर्शन पछी जनै पूर्णिमा नाट्यस्वरीमा दर्शनार्थीहरुको घुइचो (फोटो फिचर)
मंगलवार, श्रावण २७ २०:४७
राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन
मंगलवार, श्रावण २७ २०:४७