सोमबार, भाद्र २२ १७:५७
डोटेली भाषाको चलचित्र धन्य मायाजालको धनगढी पश्चिम नेपाल गित सार्बजनिक (भिडियो सहित )
धनगढी २२ भाद्र,नेपाल सरकार बाट मान्यता प्राप्त डोटेली भाषाको चलचित्र धन्य मायाजालको गित सार्बजनिक गरियको छ । सुदुरपश्चिम प्रदेशको भेषभुसा रहनसहनमा आधारीत ”धनगढी पश्चिम नेपाल बोलको डेउडा गितलाई के. एम मिडिया युटुब च्यानलले बजारमा ल्यायको छ । उक्त गितमा भिम बिसीले स्वर दिनु भएको छ भने शब्द प्रबिन बर्माचार्यको रहेको छ भने गितको एरेन्ज भुवन बिरहीले गर्नु भएको हो ।
गितमा निर्देशन गोबिन्द मुखियाले गुर्नु भयको छ भने सुदुरपश्चिमका पर्यटकिय क्षेत्रहरुमा छायांकन बिराज सिहले गर्नु भएको हो । चलचित्रको निर्देशन,सम्पादन र निर्माता बिरेन्द्र सिह बिरु रहनु भएको छ भने उक्त चलचित्रको कथा जानकी ताम्राकारले लेख्नु भएको छ ।
केहि बर्ष अगाढी च्यारिटी शो गरियको उक्त चलचित्र आउने दशै सम्म युटुबमा सार्बजनीक गर्ने तयारी रहेको निर्माता बिरेन्द्र सिह बिरुले बताए ।
