रामचन्द्र काफ्लेको “यो तीहरैमा घरैमा नाचिन्छ” बोलको गीत सार्वजनिक (भिडियो सहित )
नेपाली सांगीतिक क्षेत्रका चर्चित गाएक रामचन्द्र काफ्लेको “यो तीहरैमा घरैमा नाचिन्छ” बोलको गीत सार्वजनिक भएको छ ।
गाएक काफ्लेको अफिसल यु ट्युव च्यालबाट बुधबार “यो तीहरैमा घरैमा नाचिन्छ” गीता सार्वजनिक भएको हो । पछिल्लो समय कोराना कहरका कारण चाडपर्व घरमै बसेर मनाउन सरकारले आग्रह गरिरहेको अवस्थामा गाएक काफ्ललेले सोे गीता सार्वजनिक गर्नु भएको छ ।
म्युजीक भिडियोमा बैदेशिक रोजगारबाट फर्किएका युवाहरुका लागी स्वदेशमै बसेर पनि केहि गर्न सकिन्छ भन्ने हौसला सन्देश दिईएको छ ।नेपालीहरुको दोस्रो महान चार्ड तिहारको अवरसरमा सो गीता सार्वजनिक गरिएको गाएक काफ्लेले बताउनु भयो । गीतको भिडियो मार्फत नेपालीहरुले परापुर्वकाल देखि खेल्दै आएको देउसी भैलीलाई प्रस्तुत गर्न खोजिएको उहाँको भनाई छ ।
बिधान कार्कीद्वारा निर्देशीत गीतमा गायीका जुनु रिजालको पनि स्वर रहेको छ । काफ्लेको आफ्नै संगीतमा रहेको गीतमा राज कुमार बगरको शब्द चयन रहेको छ ।
