मंगलवार, कार्तिक १८ १८:१४
शैल्यशिखर नगरपालिका–९ जगतपुरी शिवधाम नजिक सडकको भिरपट्टी नहरमा बैतडीका एक पुरुषको शव फेला परेको छ
खबरचित्र समाचार ।
शैल्यशिखर नगरपालिका–९ जगतपुरी शिवधाम नजिक सडकको भिरपट्टी नहरमा बैतडीका एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवं प्रहरी निरिक्षक भाष्कर चन्दका अनुसार उक्त पुरुषको शव बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर २ गन्नाका ४० वर्षिय गोबिन्द घरेडीको हो ।
शवको छेउमै खसेको मोबाइलबाट सम्पर्क गर्दा उक्त शव गन्नाका घरेडीको भएको खुल्न आएको उहाले बताउनुभयो । घटनाको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक खगेन्द्र सिंह साउदको नेतृत्वमा घट्ना स्थल खटिएको प्रहरी टोलीले मृतक घरडीका अाफन्तहरु पुग्दा सम्म शव निगरानीमा राखेको छ ।

