पर्साको पटेर्वासुगौली गाउँपालिका वडा न. १ सोनवर्षा गाउँमा आज निशुल्क आँखा शिविर सम्पन्न

राजन कुमार बानिया
पोखरिया १८ कार्तिक
पर्साको पटेर्वासुगौली गाउँपालिका वडा न. १ सोनवर्षा गाउँमा आज निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।पटेर्वासुगौली गाउँपालिका को सहयोग र वार्ड नं १ सोनवर्षा को अायोजना मा र
माट्रिका आइफाउण्डेशनको प्राबिधिक सहयोगमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।अाँखा शिबिर मा १ सय ३१ जनाको आँखा परिक्षण गर्दा ६७ जनामा मोतियाबिन्दु फेला परेको माट्रिका आइ फाउण्डेशनका नेत्र बिशेषज्ञ डा. महेशसिँह धामीले जानकारी दिनुभयो ।अाँखा
शिविरको उद्घाटन गाउँपालिका अध्यक्ष हरिनारायण चौधरी ले गर्नु भएको थियो । अाँखा शिविरको उद्घाटन गर्दै अध्यक्ष चौधरी ले भने निशुल्क आँखा शिविरले गरीब तथा विपन्न जनताहरुको आँखा परिक्षण तथा सल्कृया बाट सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।यो अाँखा शिबिर बाट सबै भन्दा बढि पटेर्वासुगौली गाउँपालिका जेस्टनागरिक हरु लाई फाईदा हुने बताए । नेत्रदान जिवन दान भन्ने नारा का साथै अाँखा शिबिर गाउँपालिका को पाचै वटा वडा हरु मा संचान गरिने बताए ।अाँखा
शिविर वार्ड अध्यक्ष फरमान मियाँ को अध्यक्ष्ातामा समपन भएको थियोे ।अाँखा शिबिरमा वाड नं २ का वाडअधयक्ष बिजय गैरे, योजना प्रमुख राजकुमार महतो, डाक्टर महेश सिंह धामी , डाक्टर रुबी राउत, रोशनी लामा,मोतिलाल साह, स्थानीय लगायतको उपस्थिती रहेको थियो ।मोतियाबिन्द बिरामी हरु को बुधबार मातृका अाई फाउन्डेसन अस्पताल बिरगंज मा निशुल्क अप्रेसन हुने बताए ।
