१९ बैशाख २०८३, शनिबार
मोरङ मा धान थ्रेसर लगाउने क्रममा आगलागी हुँदा १५ लाख बराबरको क्षति
बुधबार, मंसिर ३ १७:०८

मोरङ मा धान थ्रेसर लगाउने क्रममा आगलागी हुँदा १५ लाख बराबरको क्षति

खबरचित्र सम्बादाता ।मोरङको उर्लाबारीमा धान थ्रेसर लगाउने क्रममा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मंगलबार दिउँसो उर्लाबारी नगरपालिका वडा–३ चन्दने चोक बस्ने हरि गडतौलाको ट्रयाक्टर र थ्रेसरमा आगलागी भएको हो । थ्रेसर लगाउने क्रममा अचानक आगलागी भएको प्रहरीले बताएको छ ।

आगलागीबाट ट्रयाक्टर, थ्रेसर र पराल जलेको छ । आठ कट्ठामा लगाएको धान थ्रेसर गर्ने क्रममा अन्तिम समयमा एक्कासी अगलागी भएको प्रहरीले बताएको छ । आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Sharing is caring!

Latest News

धनगढीमा १२ तोला सुन चोरी प्रकरणमा संलग्न भएको आशंकामा२जना पक्राउ ।
बुधबार, मंसिर ३ १७:०८
पुर्बपश्चिम राजमार्गअन्तर्गत झापाको विर्तामोडमा भएको सवारी दुर्घटनामा परी बुधबार दुई जनाको मृत्यु
बुधबार, मंसिर ३ १७:०८