पाटन नगरपालिका बैतडी ले छाडा चौपाया व्यवथापन गर्ने भन्दै ३४ ओटा गाई गोरु भिरबाट खसाल्यो ३४गाई गोरु।

खबरचित्र सम्बादाता धनगढी ।बैतडीको पाटन नगरपालिकाले छाडा चौपाया व्यवथापन गर्ने भन्दै ३४ ओटा गाई गोरु भिरबाट खसालेको छ । नगरपालिकाको टिप्परले खसालेको ३४ गाईगोरुमध्ये ११ गाई मृत फेला परेका छन् ।
जिल्लाको पुर्चौडी नगरपालिका–६ को भुमीराज कुवाकोट सुवाकोट सडकखण्डको भिरबाट खसालेको हो ।
नगरपालिकाको टिप्परले खसालेको ३४ गाईगोरुमध्ये ११ गाई मृत अवस्थामा भेटिएको स्थानिय सिता साउँदले जानकारी दिईन् । गाई मृत अवस्थामा फेला परेपछि स्थानीय जनप्रतिनिधि तथा प्रहरी अधिकारीहरु घटनाको यथार्थ छानविन गर्न अहिले घटना स्थल पुगेका छन् ।
यस बिषयमा बुझ्दा नगर प्रमुख केशव बहादुर चन्दले आफुलाई थाहा नभएको बताए । उनले गाई गोरु नगरपालिकाको टिप्परले भिरबाट खसालेको हो भन्ने प्रश्नमा उनले ‘मलाई थाहा छैन् यार’ भन्ने जवाफ दिए ।
स्थानियका अनुसार केही व्यक्तिले गाई व्यवस्थापन गर्ने भन्दै रकम लिएर नगरपालिकाकै टिप्परमा लिएरु भीरबाट खसालेको बताएका छन् । नगरपालिकाले प्रति गाई २ हजार रुपैयाँ समेत दिएको थियो ।शिलापत्र साभार
